सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

राष्ट्रिय वाणिज्य बैंकद्वारा लाभांश घोषणा

बिहीबार, ०८ पुस २०७८, १२ : १३
बिहीबार, ०८ पुस २०७८

कुल २७ वटा वाणिज्य बैंकमध्ये गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट लाभांश घोषणा गर्न बाँकी एक राष्ट्रिय बाणिज्य बैंकले पनि आफ्नो लाभांश घोषणा गरेको छ । बैंकको बुधबार बसेको सञ्चालक समितिको बैठकले गत वर्षको नाफाबाट सेयरधनी लगानीकर्ताहरुलाई चुक्ता पुँजीको अधिकतम् ३३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

यस्तो लाभांश चुक्तापुँजीको ३० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि तीन प्रतिशत नगद गरि कुल ३३ प्रतिशत लाभांश वितरण गर्ने बैंकले जनाएको छ । प्रस्तावित लाभांश भने राष्ट्र बैंकबाट स्विकृत प्राप्त पश्चात बैंकको आगामी साधारण सभाबाट पारित भएपछि सेयरधनीहरूमा वितरण हुनेछ । बैंकले पुस २९ गते, बिहिबार साधारणसभा आह्वान गरेको छ  ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप