आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

यी बैंक तथा वित्तिय संस्थाहरुले आज लाभांश सुरक्षित गर्दैछन्

बिहीबार, ०८ पुस २०७८, ११ : ५७
बिहीबार, ०८ पुस २०७८

बिहीबार विभिन्न बैक तथा वित्तिय संस्थाहरुको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । जसमा ज्योति विकास बैंक,एनएमबी लघुवित्त, सूर्या लाइफ,बुटवल पावर कम्पनी लगायतका बैक तथा वित्तिय संस्थाहरुले लाभांश सुरक्षित गर्दैछन् । 

ज्योति विकास बैंकले साधारणसभा तथा लाभांश प्रयोजनको लागि शुक्रबार बुक क्लोज गर्दै छ । ९ र १० पुसमा शुक्रबार र शनिबार परेकाले सेयर कारोबार बन्द हुनेछ । यसअनुसार, कम्पनीको लाभांश सुरक्षित गर्न आजै सेयरधनी बन्नुपर्नेछ ।

ज्योति विकास बैंकले गत आर्थिक वर्षको नाफाबाट ११ प्रतिशत बोनस सेयर र चार दशमलव पाँच प्रतिशत नगद लाभांश वितरण गर्न २३ पुसमा वार्षिक साधारण सभा आह्वान गरेको छ । सभा लिसारा रिसेप्सन, नक्साल काठमाडौंमा बिहान ११ बजे शुरु हुनेछ ।

त्यस्तै एनएमबी लघुवित्त वित्तीय संस्थाको पनि लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । लघुवित्तले साधारणसभा तथा लाभांश प्रयोजनार्थ शुक्रबार बुक क्लोज गर्दै छ । ९ र १० पुसमा शुक्रबार र शनिबार परेकाले सेयर कारोबार बन्द हुनेछ । यसअनुसार, कम्पनीको लाभांश सुरक्षित गर्न आजै सेयरधनी बन्नुपर्नेछ ।

एनएमबीले गत आर्थिक वर्षको नाफाबाट २१ दशमलव ५० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि एक दशमलव १३ प्रतिशत नगद लाभांश वितरण गर्न २६ पुसमा नवौं वार्षिक साधारणसभा आह्वान गरेको छ । सभा होटल पोखरा ग्रान्ड, पोखरामा बिहान ११ बजे सुरु हुनेछ ।

उता, सूर्या लाइफ इन्स्योरेन्सले पनि बिहीबार नै साधारणसभा तथा लाभांश प्रयोजनार्थ शुक्रबार बुक क्लोज गर्दैछ । ९ र १० मा शुक्रबार र शनिबार परेकाले सेयर कारोबार बन्द हुनेछ । यसअनुसार, कम्पनीको लाभांश सुरक्षित गर्न आजै सेयरधनी बन्नुपर्नेछ ।

सूर्या लाइफले गत आर्थिक वर्ष २०७६–०७७ को नाफाबाट १२ दशमलव सात प्रतिशत बोनस सेयर र कर तिर्न शून्य दशमलव ६७ प्रतिशत नगद गरी कुल १३ दशमलव ३७ प्रतिशत लाभांश वितरण गर्न २९ पुसमा वार्षिक साधारणसभा आह्वान गरेको छ । सभा होटल हैरिसन प्यालेस बजरंगबली मार्ग, विराटनगरमा बिहान ११ बजे सुरु हुनेछ ।

त्यसैगरी  बुटवल पावर कम्पनीले पनि आज लाभांश सुरक्षित गर्दैछ । बुटवल पावरले ११ पुसमा बुक क्लोज गर्दैछ । ९ र १० गते शुक्रबार र शनिबार परेकाले सेयर कारोबार बन्द हुनेछ । यसअनुसार, कम्पनीको लाभांश सुरक्षित गर्न आजै सेयरधनी बन्नुपर्नेछ ।

कम्पनीले गत आर्थिक वर्षको नाफाबाट १० प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद गरी कुल २० प्रतिशत लाभांश वितरण प्रस्ताव पारित गर्न २६ पुसमा वार्षिक साधारणसभा आह्वान गरेको छ ।  सभा कम्पनीको रजिष्टर्ड कार्यालय बानेश्वर, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप