आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

बैंक तथा वित्तीय संस्थाहरूले सम्पूर्ण भुक्तानी कारोबारको तथ्याङ्क ७ दिनभित्र पेस गर्नुपर्ने

बिहीबार, ०८ पुस २०७८, ११ : २१
बिहीबार, ०८ पुस २०७८

अब बैंक तथा वित्तीय संस्थाहरूले आफूले सञ्चालन गरेको भुक्तानी सम्बन्धी कार्यको सम्पूर्ण विवरण सात दिन भित्र राष्ट्र बैंकमा पेस गर्नुपर्ने भएको छ । केन्द्रीय बैंक, नेपाल राष्ट्र बैंकले भुक्तानी प्रणाली सम्बन्धी एकीकृत निर्देशन–२०७८, अ.प्रा.निर्देशन नं. १०/०७८ को अनुसूची १०.१ मा रहेको व्यवस्था संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो । 

सो व्यवस्था अनुसार अब बैंक तथा वित्तीय संस्थाहरूले शाखारहित बैंकिङ कारोबार सञ्चालन गरेको तथा एटिएम मेसिन रहेको स्थानको विवरण सञ्चालन मितिले सात दिन भित्र राष्ट्र बैंकलाई जानकारी दिनुपर्छ । 

यस्तै, विभिन्न विद्युतीय कार्डको प्रयोग, ई–बैंकिङ्ग कारोबार, भुक्तानी सेवा प्रदायकको सफल वा असफल कारोबार, ग्राहकको विवरण, एजेन्टको विवरण, क्रेडिट कार्ड र प्रिपेड कार्डबाट भएको नगद कारोबार सम्बन्धी विवरण, क्लियरिङ्ग हाउसबाट भएको कारोबार विवरण लगायतको भुक्तानी कारोबारको विवरण महिना सकिएको सात दिन भित्र राष्ट्र बैंकलाई विवरण बुझाउनु पर्नेछ । यस्तो व्यवस्था यसअघि महिना दिन भित्र बुझाए हुने व्यवस्था रहेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप