आइतबार, २३ असार २०८१
ताजा लोकप्रिय

नेपाल एयर होस्टेज एकेडेमीलाई एमएसएन एक्सिलेन्स अवार्ड

बिहीबार, ०८ पुस २०७८, १० : ५९
बिहीबार, ०८ पुस २०७८

मोडल सङ्स नेपालको आयोजनामा दुबईमा एमएसएन एक्सिलेन्स अवार्ड सम्पन्न भएको छ ।  नेपाल लगायत दुबईमा रहेर विभिन्न पेशा तथा रोजगारीमा सफलता प्राप्त गरेका व्यक्ति तथा संस्था साथै सामाजिक क्षेत्रमा योगदान पु¥याएकाहरु लाई अवार्ड प्रदान गरिएको थियो । 

उक्त अवसरमा नेपालमा एभिएसनको क्षेत्रमा विगत १० वर्ष देखि निरन्तररुपमा एयर होस्टेजको तालिम प्रदान गर्दै आएको संस्था नेपाल एयरहोस्टेज एकाडेमीलाई पनि नेपालकै उत्कृष्ट एयरहोस्टेज तालिम सेन्टर एमएसएन एक्सिलेन्स अवार्ड २०२१ अवार्ड घोषणा गरिएको थियो ।

  विशेष कारणबस दुबईको कार्यक्रममा उपस्थित हुन नसेपछि उक्त अवार्ड आयोजक संस्थाका अध्यक्ष डेभिल सिंह राजपुतले नेपाल एयर होस्टेज एकाडेमीका निर्देशक रेजिना तुलाधर र प्रशिक्षक गौरीकला थापालाई नेपालमा नै उक्त अवार्ड प्रदान गरेका थिए। 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप