ओमिक्रोनले बढायो चिन्ता, चीनमा १.३ करोड जनता पुनः लकडाउनमा
चीनमा ४ फेबु्रअरीदेखि शीतकालिन ओलम्पिक सुरु हुँदै छ । शिआन र आसपासको क्षेत्रमा प्रतिबन्धको नियम अनुसार एक घरबाट दुई दिनमा एक पटक मात्रै एक व्यक्ति अत्यावश्यक सामग्रीको खरिदका लागि बाहिर जान पाउने छन् । विशेष परिस्थिति बाहेक सबै सवारी साधनमा रोक लगाइएको छ । घरमा आपतकालिन स्थिति बाहेक घरबाट ननिक्लनका लागि आग्रह गरिएको छ ।
कोरोनाको नयाँ स्वरुप ओमिक्रोनको असाधारण प्रसारले विश्वमा चिन्ता बढाएको छ । अचानक कोभिड–१९ संक्रमणको ६२ केस देखा परेपछि १.३० करोड जनसंख्याको शिआन सहरमा बुधबार रातीदेखि अनिश्चितकालका लागि लकडाउनको घोषणा गरिएको छ । यसैगरी बेलायतमा पनि बुधबार १ लाख भन्दा बढी मामिला देखा परेको छ । अमेरिकामा त झनै दुई महिनादेखि दैनिक १ लाख भन्दा बढी मामिला देखा परेको छ ।
यसैगरी बेलायतमा १ लाख ६ हजार १ सय २२ संक्रमित देखा परेको छ । यहाँ पनि नयाँ वर्षको खुसीयाली मनाउन प्रतिबन्ध लगाउने योजना बनाइएको छ । वेल्सल्यान्डको सरकारले त क्रिसमसको १ दिनपछि अनिश्चितकालका लागि घरबाट बाहिर आउन र धेरै मानिस भेला हुनबाट रोक लगाएको छ ।
रेष्टुरामा पनि एक पटकमा ६ भन्दा बढी मानिस भेला हुन पाउने छैनन् । नयाँ अध्ययन अनुसार ओमिक्रोनको असर न्यून भएको पुष्टि भए बावजुद कयौँ देशले नयाँ वर्षमा थप प्रतिबन्ध लगाउने विचार गरिरहेका छन् ।
जर्मनीमा नयाँ वर्षमा खुसीयाली मनाउन रोक
जर्मनीले नयाँ वर्षमा खुसीयाली मनाउन रोक लगाएको छ । जापानले नयाँ केसमा सीमा नियन्त्रण जारी राख्ने निर्णय लिएको छ । सिंगापुरले बिहीबारदेखि क्वारिन्टिनमुक्त यात्राका लागि आफ्नो उडान र बसको नयाँ टिकटको बिक्रीमा रोक लगाएको छ ।
यो मार्च २० होइन, लडिन्छः जो बाइडेन
२०२० को मार्च २० गइसकेको छ । त्यसैले हामी ओमिक्रोनसँग लड्नका लागि तयार भएको बाइडेनले बताए । बाइडेनको एक सम्बोधनमा भनिएको छ,‘खोपप्रति जोड दिइएको छ । घरमै परीक्षणका लागि सरकारले ५० करोड किट निःशुल्क बाड्ने भएको छ ।’
बलुचिस्तानमा ओमिक्रोनको १२ बिरामी
पाकिस्तानको बलुचिस्तान प्रान्तमा कोरोनाको ओमिक्रोन प्रकारको १२ शंकास्पद बिरामी देखा परेका छन् । बिरामीलाई एकान्तवासमा पठाएर उनीहरुको नमुना पुष्टिका लागि पठाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माओवादी बैठकमा केन्द्रीय सदस्यहरूले धारणा राख्ने क्रम सकियो
-
केन्द्रीय समिति बैठकमा बोल्न प्रचण्डले दिए जनार्दनलाई ‘विशेष समय’
-
एमाले बैठकमा दाने जग्गादेखि कारबाही फिर्तासम्मको चर्चा
-
नयाँ स्टक एक्सचेन्जको अनुमतिविरुद्ध सर्वोच्चका रिट
-
पदाधिकारीसम्मको सम्पत्ति छानबिन गर्न उच्चस्तरीय आयोग बनाउन जनार्दन शर्माको प्रस्ताव
-
विपी कोइरालाले शिलान्यास गर्ने तयारी गरेको सडक सञ्चालन गर्न दबाब दिन कांग्रेसको पदयात्रा