काँग्रेस प्रदेश २ अधिवेशनमा मतदान सुरु
नेपाली काँग्रेस प्रदेश २ को नया नेतृत्वका लागि मतदान सुरु छ । विहीबार बिहान ८ बजेदेखि मतदान हुने भनिए पनि ९ बजेर ३६ मिनेटमा मतदान सुरु भएको हो । प्रदेश सभापतिका उम्मेदवार कृष्ण यादवले पहिलो मत मतदान गरेका थिए । त्यस लगत्तै दोस्रो मत अर्का सभापति पदका उम्मेदवार रामसरोज यादवले मत गरेका थिए ।
४ वटा बुथमा मतदान भइरहेको छ । एउटा बुथमा २–२ जिल्लाको मत खसाल्ने व्यवस्था मिलाइएको छ । सप्तरी सिरहा, धनुषा महोत्तरी, सर्लाही रौतहट र बारा पर्साको सँग सँगै बुथ बनाइएको छ ।
१९८० मतदाताले नयाँ नेतृत्व चयन गर्दैछन् ।
नेतृत्वका लागि सभापति शेरबहादुर देउवा पक्ष काँग्रेस कृष्णको नेतृत्वमा प्यानलसहित चुनावी मैदानमा आएको छ भने नेता विमलेन्द्र निधि र शेखर कोइराला पक्षले काँग्रेस प्रदेश नं २ संसदीय दलका नेता रामसरोजको नेतृत्वमा प्यानल बनाएको छ ।
कृष्ण प्यानलबाट उपसभापतिमा चन्द्रशेखर यादव र विरेन्द्र सिंह उम्मेदवार भएका छन् । यस्तै महामन्त्रीमा उपेन्द्र यादव र वृहस्पतिकृष्ण श्रेष्ठले उम्मेदवारी भनेका छन् भने सहमहामन्त्रीमा जयनारायण यादव, परशुराम चौधरी र रिता यादव प्रतिस्पर्धामा छन् ।
निधि–कोइराला समूहका रामसरोजको प्यानलबाट उपसभापतिमा धनलाल ठोकर र विनोद खनाल उम्मेदवार भने महामन्त्रीमा नरेश यादव र हरेस यादव चुनावी मैदानमा छन् ।
यस्तै सहमहामन्त्रीमा अरविन्द अमात्य, विनोद यादवले उम्मेदवारी दिएका छन्। यस्तै, सहमहामन्त्रीमा निर्मला सुवेदीले उम्मेदवार छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे, १० समाचार : रविलाई ३ वटा मुद्दा, जग्गा विवादमा एमालेलाई राहत
-
नेपालका हिमाली क्षेत्रमा जलवायु परिवर्तनको अवस्थाबारे अनुसन्धान गर्न परराष्ट्रमन्त्रीको आग्रह
-
एनआरएनए उच्चस्तरीय समिति बैठक : एकताका लागि दुई निर्णय
-
लखतीर्थमा कांग्रेस नेता पिएल सिंहको अन्त्येष्टि
-
बुटवलमा हुने औद्योगिक व्यापार मेलाको तयारी पूरा
-
सरकार जनताप्रति उत्तरदायी छ : मन्त्री गुरुङ