आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

नेपाली कलाकार सन्नीले बनाए अंग्रेजी फिल्म ‘फाइट एण्ड फुरी २’

बिहीबार, ०८ पुस २०७८, ०९ : १३
बिहीबार, ०८ पुस २०७८

कलाकार तथा मार्शल आर्ट खेलाडी सन्नी वि.केसीको लेखन निर्देशन रहेको अंग्रेजी फिल्म ‘फाइट एण्ड फुरी २’ को गीत ‘अन्निहिलतीओन’ सार्वजनिक भएको छ । राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक सार्वजनिक गीतमा कलाकार समेत रहेका निर्देशक सन्नी, लियो पÞmोङ्ग लगायतका कलाकारको अभिनय देख्न सकिन्छ । 
 
फिल्ममा सन्नीका अलवा लियो पÞmोङ्ग, जोस्पÞm माइकल, एमएम ए फाइटर लगायत हलिउडका कलाकारको अभिनय छ । अंग्रेजी भाषामा बनेको यो फिल्म नेपालीमा डब गरेर नेपालमा प्रदर्शन गर्न लागिएको निर्देशक सन्नीले बताए । फिल्ममा ह्युमन ट्राफिकिङको कथा उठाउन खोजिएको उनले सुनाए ।

कार्यक्रममा सन्नीले छिट्टै नेपाली फिल्म बनाउन लागेको बताए । सरिन बिको छायांकन, बनिश शाहको सम्पादन रहेको फिल्ममा एक्सन जनरामा निर्माण भएको हो ।
बलिउड कलाकार गोविन्दा, मिथुनका फिल्ममा समेत काम गरेका सन्नी धेरै अगाडि नेपाली फिल्म ‘गोर्खा रक्षक’ देखिएका थिए । 

फिल्म ‘फाइट एण्ड फुरी २’ लाई हलिउडका चलचित्र  घर, ओटीटी प्लेटफर्म, नेट फ्लिक्स, एमाजोन प्राइमसँंगै नेपाली चलचित्र घरमा पनि रिलिज गरिन लागिएको हो ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप