शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

आज कति पुग्यो डलरको मूल्य, यस्तो छ देशको मुद्राको विनिमयदर

बिहीबार, ०८ पुस २०७८, ०८ : ३७
बिहीबार, ०८ पुस २०७८

नेपाल राष्ट्र बैंकले आज बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले आजको अमेरिकी डलर एकको खरिद दर अधिकतम १२० रुपैयाँ ५९ पैसा र बिक्री दर १२१ रुपैयाँ १९ पैसा कायम गरेको छ ।  

युरोपियन युरो आज एकको खरिद दर १३६ रुपैयाँ १० पैसा र बिक्री दर १३६ रुपैयाँ ७८ पैसा छ । युके पाउन्ड स्टलिङ एकको खरिद दर १६० रुपैयाँ २७ पैसा र बिक्री दर १६१ रुपैयाँ ०७ पैसा कायम छ ।  

अष्ट्रेलियन डलर एकको खरिद दर ८६ रुपैयाँ ३० पैसा र बिक्री दर ८६ रुपैयाँ ७३ पैसा छ ।  जापानी येन आज १० को खरिद दर नेपाली १० रुपैयाँ ५५ पैसा र बिक्री दर १० रुपैयाँ ६० पैसा रहेको छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ९३ पैसा र बिक्री दर १९ रुपैयाँ ०२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप