देशभर चिसो बढ्ने क्रममा, यी स्थानमा हिमपातको सम्भावना
![देशभर चिसो बढ्ने क्रममा, यी स्थानमा हिमपातको सम्भावना](https://rpcdn.ratopati.com/media/albums/weather-mausam_5BXjLaa0Vf_75Mp5Jlh4g.jpg)
मौसम पूर्वानुमान महाशाखाले तराईका भूभागहरुमा बिहानको समयमा हुस्सु कुहिरो लाग्नुका साथै देशभर चिसो बढ्ने क्रममा रहेकोले चिसोबाट बच्न आवश्यक सुरक्षा एवं सतर्कता अपनाउन अनुरोध गरेको छ ।
महाशाखाले बिहीबारको मौसम पूर्वानुमान जारी गर्दै हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेकोले बदली हुने क्रममा जारी भएकाले चिसो अझै बढ्न सक्ने भन्दै सतर्कता अपनाउन अनुरोध गरेको हो ।
यसैगरी, आज दिउँसो देशका पहाडी भूभागहरुमा आंशिक बदली रही बाँकी भूभागमा सामान्यतया मौसम सफा रहनेछ र प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका हिमाली क्षेत्रका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको पूर्वानुमानमा उल्लेख छ ।
यसैगरी, आज राति देशका सुदूरपश्चिम प्रदेश तथा अन्य प्रदेशहरूका पहाडी भूभागहरुमा आंशिक बदली रही बाँकी भूभागमा सामान्यतया मौसम सफा रहनेछ । देशका उच्च पहाडी र हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिनिधिसभा बैठक बस्दै, के-के छन् कार्यसूची ?
-
स्टील र आल्मुनियममा २५ प्रतिशत आयातकर लगाउने ट्रम्पको घोषणा, अस्ट्रेलियाप्रति नरम
-
दुनाटपरी व्यवसायबाट दैनिक तीन हजारसम्म आम्दानी
-
‘मच्छिन्द्रनाथको रथ बनाउने बेत सहज आपूर्तिको व्यवस्था गर्न अनुरोध’
-
मलोर्का र ओसासुनाले अंक बाँडे
-
पाँच हजार कुखुरापालनमा सुवेदी, मासिक पाँच लाख बचत