बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय
पत्रपत्रिका

चार गुणाले बढ्यो विदेश जानेको संख्या

बिहीबार, ०८ पुस २०७८, ०६ : २८
बिहीबार, ०८ पुस २०७८

कोभिड प्रभावित गत २ वर्षमा रेमिट्यान्स घट्ने अनुमान गरे पनि उल्टै बढ्यो । चालु आवको सुरुदेखि भने रेमिट्यान्स आय लगातार घटिरहको छ । तर यही बेला विदेशमा जाने युवाको संख्या करिब चार गुणाले बढेकाले आगामी दिन रेमिट्यान्स आफ्नै लयमा फर्कन संकेत देखिएको हो ।

वैदेशिक रोजगार विभागका अनुसार गत वर्षका सुरुका चार महिनामा प्रतिदिन औसत ३ सय ५८ जना युवा विदेश गएका थिए । चालु वर्ष या संख्या १ हजार २०३ पुगेको छ । यो कार्तिकमा मात्र श्रम स्वीकृति लिएर चार हजार २९५ महिलासहित ५४ हजार ९१८ नेपाली वैदेशिक रोजगारीमा गएका छन् । यो वर्ष विदेश जानेको संख्या झण्डै कोभिडअगाडिको जस्तै छ । आजको नागरिक दैनिकमा समाचार छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप