बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

नाडाको सम्पूर्ण पदाधिकारीको लाग्यो टुंगो, रिजाल र श्रेष्ठले आधा–आधा समय उपाध्यक्षको जिम्मेवारी पुरा गर्ने

बुधबार, ०७ पुस २०७८, २२ : १३
बुधबार, ०७ पुस २०७८

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)को नयाँ कार्यसमितिको सम्पूर्ण पदाधिकारीहरूको टुंगो लागेको छ । संघको ४५ औं साधारणसभाले निर्वाचित गरेको १ अध्यक्षसहित १८ केन्द्रीय सदस्य र मनोनीत तीन सदस्यहरुबाट चार उपाध्यक्ष, महासचिव, सचिव र कोषाध्यक्षको टुंगो लगाएको हो । 

निर्वाचित नयाँ कार्यसमितिको बुधबार बसेको पहिलो बैठकबाट चार उपाध्यक्षमा राजनबाबु श्रेष्ठ, सुवास आचार्य र मोहनबाबु खड्का निर्वाचित भएका छन् । अर्को एक उपाध्यक्षको पदमा भने सुनिल रिजाल र  निराकार श्रेठले समान मत ल्याएपछि आधा–आधा (१–१ वर्ष) उपाध्यक्षको कार्यभार समाल्ने निर्णय गरेका छन् ।

यस्तै संघको महासचिवमा सुरेन्द्र उप्रेती  निर्वाचित भएका छन् । सचिवमा विक्रम सिंघानिया र कोषाध्यक्षमा मिलनबाबु मल्ल निर्वाचित भएका छन्। महासचिव र कोषाध्यक्षमा एक जनाको मात्र उम्मेदवारी परेपछि उनीहरु निर्विरोध निर्वाचित भएका हुन् ।

नाडाको ४५ औं साधारणसभा र नयाँ कार्यसमिति चयनका लागि राजधानीमा गत मंसिर २३ गते निर्वाचन सम्पन्न भएको थियो । निर्वाचनबाट अध्यक्षमा ध्रुव थापासहित १७ जना केन्द्रीय कार्यसमिति सदस्य निर्वाचित भएका थिए ।
त्यसैगरी, प्रदेशबाट ७ जना सदस्य निर्वाचित भएका थिए भने नाडाले आज ३ जना सदस्य मनोनित गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप