मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

शिक्षक सेवा आयोगद्वारा दुई हजार ५९८ शिक्षक माग

बुधबार, ०७ पुस २०७८, २१ : ५६
बुधबार, ०७ पुस २०७८

शिक्षक सेवा आयोग सानोठिमीले आज निम्न माध्यमिक विद्यालय तृतीय श्रेणीमा दुई हजार ५९८ शिक्षकको स्थायी पदपूर्तिका लागि दरखास्त आव्हान गरेको छ । आयोगले पुस ७ गतेदेखि माघ ६ गतेसम्म नियमित शुल्कमा र माघ १३ गतेसम्म अविलम्ब शुल्कमा अनलाइनबाटै आवेदन फाराम भर्ने गरी स्थायी पदपूर्तिका लागि आज आह्वान गरेको हो । 

आयोगले अङ्ग्रेजी विषयमा ६२४, नेपालीमा ४३७, गणितमा ३७१, विज्ञानमा ४४०, सामाजिक अध्ययनमा ३५३, शुक्लयजुर्वेदमा एक, गणित–विज्ञानमा ३६४, संस्कृत व्याकरणमा तीन, संस्कृत भाषामा चार र संस्कृत कर्मकाण्डमा एक शिक्षकका लागि दरखास्त आह्वान गरेको हो । परीक्षा भने आगामी चैत १७ गते हुने गरी मिति निर्धारण गरेको आयोगले जानकारी दिएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप