मङ्गलबार, ०२ पुस २०८१
ताजा लोकप्रिय

सुदूरपश्चिममा ९ जनामा कोरोना सङ्क्रमण, १ जनाको मृत्यु

बुधबार, ०७ पुस २०७८, २१ : १८
बुधबार, ०७ पुस २०७८

सुदूरपश्चिम प्रदेशमा आज थप ९ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । गएको २४ घण्टामा प्रदेशभर पीसीआर र एन्टिजेन विधिबाट ५३६ जनाको नमूना परीक्षण गर्दा नौ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । 

पीसीआर विधिमार्फत सेती प्रादेशिक अस्पतालमा आठ र महाकाली अस्पताल एक जनामा कोरोना पुष्टि भएको छ । सो अवधिमा प्रदेशभर पाँच जना सङ्क्रमणमुक्त भएका छन् । यस प्रदेशमा सङ्क्रमणका कारण एक जनाको मृत्यु भएको छ । सेती प्रादेशिक अस्पतालमा उपचारको क्रममा कञ्चनपुरका ७८ वर्षीय पुरुषको मृत्यु भएको हो । सुदूरपश्चिममा सङ्क्रमणका कारण हालसम्म ६१४ जनाको ज्यान गइसकेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप