शुक्रबार, १४ मङ्सिर २०८१
ताजा लोकप्रिय

१९ औं वार्षिकोत्सव अवसरमा सिद्धार्थ बैंकको ‘क्यासब्याक’ योजना

बुधबार, ०७ पुस २०७८, २१ : ०५
बुधबार, ०७ पुस २०७८

सिद्धार्थ बैंक लिमिटेडले १९ औं वार्षिकोत्सव अवसरमा ग्राहकहरूलाई डिजिटल कारोबार गर्न प्रोत्साहन गर्ने उद्देश्यसाथ ‘क्यासब्याक’ योजना ल्याएको छ । योजनाअन्तर्गत ग्राहकहरूले डेबिट कार्ड, क्रेडिट कार्ड र मोबाइल बैंकिङ्ग मार्फत कारोबार गर्दा क्यासब्याक प्राप्त गर्नसक्ने बैंकले जानकारी दिएको छ ।

बैंकका अनुसार यो योजनाअन्तर्गत पाचौँ कारोबार रकमको ५ प्रतिशत (अधिकतम १००), १० औं कारोबार रकमको १० प्रतिशत (अधिकतम १५०) र १५ औं कारोबार रकमको १५ प्रतिशत (अधिकतम २५० रुपैयाँ) ग्राहकहरूले प्राप्त गर्न सक्नेछन् । 

यस योजनाले ग्राहकहरूलाई नगद भुक्तानी कारोबारबाट डिजिटल भुक्तानी कारोबारतर्फ आकर्षित गर्ने विश्वास बैंकले लिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप