१९ औं वार्षिकोत्सव अवसरमा सिद्धार्थ बैंकको ‘क्यासब्याक’ योजना
बुधबार, ०७ पुस २०७८, २१ : ०५
सिद्धार्थ बैंक लिमिटेडले १९ औं वार्षिकोत्सव अवसरमा ग्राहकहरूलाई डिजिटल कारोबार गर्न प्रोत्साहन गर्ने उद्देश्यसाथ ‘क्यासब्याक’ योजना ल्याएको छ । योजनाअन्तर्गत ग्राहकहरूले डेबिट कार्ड, क्रेडिट कार्ड र मोबाइल बैंकिङ्ग मार्फत कारोबार गर्दा क्यासब्याक प्राप्त गर्नसक्ने बैंकले जानकारी दिएको छ ।
बैंकका अनुसार यो योजनाअन्तर्गत पाचौँ कारोबार रकमको ५ प्रतिशत (अधिकतम १००), १० औं कारोबार रकमको १० प्रतिशत (अधिकतम १५०) र १५ औं कारोबार रकमको १५ प्रतिशत (अधिकतम २५० रुपैयाँ) ग्राहकहरूले प्राप्त गर्न सक्नेछन् ।
यस योजनाले ग्राहकहरूलाई नगद भुक्तानी कारोबारबाट डिजिटल भुक्तानी कारोबारतर्फ आकर्षित गर्ने विश्वास बैंकले लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वाधार निर्माण र सेवा विस्तारमा लगानी बढाउनु पर्छ : पूर्वराष्ट्रपति भण्डारी
-
वर्षा बाधक बनेपछि अनिर्णित रुपमा सकियो नेपाल र श्रीलंका बिचको खेल
-
गिरिराजमणि पोखरेललाई प्रश्न : विप्लव महिन्द्रसँगको एकता सहमति भत्किएको हो ?
-
राज्यका निकायहरूमा समानुपातिक समावेशीकरणका लागि स्पष्ट कानुन आवश्यक : न्यायाधीश मल्ल
-
विधेयक संशोधनमा प्रधानमन्त्रीको हस्तक्षेप छैन : सभापति खतिवडा
-
कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई दियो ११९ रनको लक्ष्य