बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

काँग्रेस महिला खस आर्य तर्फको मतगणना : गृहमन्त्री पत्नी मञ्जु पहिलो नम्बरमा

बुधबार, ०७ पुस २०७८, २१ : ००
बुधबार, ०७ पुस २०७८

नेपाली काँग्रेस १४ महाधिवेशन अन्तर्गत भएको निर्वाचनमा महिला खस आर्य तर्फको केन्द्रीय सदस्य पदको २८ सय मत गन्दा मन्जु खाँणले अग्रता लिएकी छन् । खाँणले अहिलेसम्म १२५५ मत प्राप्त गरेकी छन् भने नानु बास्तोलाले ११९० मत प्राप्त गरेकी छन् ।

त्यस्तै प्रतिमा गौतमले ११३० मत प्राप्त गरेकी छन् भने कन्तिका सेजुवालले १११४ मत प्राप्त गरेकी छन् । यता, चम्पा खड्काले १११३ मत प्राप्त गर्दा विद्यादेवीले १०७२ मत प्राप्त गरेकी छन् । अग्रता लिने खाँण गृहमन्त्री बालकृष्ण खाँणकी पत्नी हुन् । अहिले काँग्रेस केन्द्रीय कार्यालय सानेपामा मतगणनामा जारी छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप