बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

न्यूनतम साझा कार्यक्रम तयारी कार्यदलले मुख्यमन्त्री राईलाई बुझायो प्रतिवेदन

बुधबार, ०७ पुस २०७८, २० : ४८
बुधबार, ०७ पुस २०७८

प्रदेश १ मा सत्तारुढ गठबन्धनद्वारा गठित सरकारको न्यूनतम साझा कार्यक्रम तयारी कार्यदलले मुख्यमन्त्री राजेन्द्र राईलाई प्रतिवेदन बुझाएको छ । ५ दलीय गठबन्धनको न्यूनतम साझा कार्यक्रम तयारी कार्यदलले आज मुख्यमन्त्री राईलाई प्रतिवेदन बुझाएको हो ।

उच्च स्तरीय राजनीतिक समितिले प्रदेशसभा सदस्य शेखरचन्द्र थापा संयोजकत्वमा ६ सदस्यीय न्यूनतम साझा कार्यक्रम तयारी कार्यदल गठन गरेको थियो । कार्यदल सदस्यमा  राजन राई, धीरेन्द्र शर्मा, रामचन्द्र लिम्बू, अशोक चेम्जोङ सदस्य रहेका छन् भने र शेरधन राई नेतृत्वको सरकारले प्रदेश योजना आयोगको सदस्यमा नियुक्त गरेका डा.पूर्ण लोक्सोम सदस्य सचिव रहेका थिए । 

सरकारको दीर्घकालीन र अल्पकालीन योजना सहितको प्रतिवेदन मुख्यमन्त्रीलाई बुझाएको कार्यदलका संयोजक थापाले बताए । स्वास्थ्य, शिक्षा पर्यटन उद्योग कृषिलाई प्राथमिकता राखेको उनले बताए ।  प्रतिवेदनमा अल्पकालीनमा कोरोनाको प्रभावलाई प्राथमिकतामा राखिएको उनले बताए ।  

प्रतिवेदन बुझ्दै मुख्यमन्त्री राईले प्रतिवेदन अध्यन गरेर सार्वजनिक गर्ने बताए । पाँच दलीय गठबन्धनले नेपाली काँग्रेस संसदीय दलका नेता राजिव कोइरालाको नेतृत्वमा उच्च स्तरीय राजनीतिक संयन्त्र गठन गरेको थियो । संयन्त्रले न्यूनतम साझा कार्यक्रम तयारी कार्यदल बनाएको थियो । 

कार्यदलले प्रतिवेदन बुझाएसँगै शेरधन राई नेतृत्वको सरकारले ल्याएको बजेट पुनरावलोकन गर्न सहज हुने गठबन्धन दलका नेताहरुले बताएका छन् । प्रदेश १ सरकार अघिल्लो सरकारले ल्याएको बजेटलाई पुनरावलोकन गर्ने तयारीमा रहेको छ ।

सत्तारुढ दलका एक सांसदले भने, ‘यो प्रतिवेदनमा नेताहरु बसेर छलफल गरेर पास गरेपछि तुरुन्तै बजेट पुनरावलोकन हुन्छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप