काँग्रेस प्रदेश २ अधिवेशनः मतदान भोलिलाई सर्यो
नेपाली काँग्रेस प्रदेश २ अधिवेशन अन्तर्गत आज हुने भनिएको मतदान स्थगित भएको छ । जनकपुरधामस्थित गोपाल धर्मशालामा बुधबार दिउँसो १ बजेदेखि मतदानको समय निर्धारण गरिएको थियो । तर साँझ ६ बजेसम्म पनि प्राविधिक तयारी पूरा नभएकोले मतदान बिहीबार बिहान ८ बजेसम्मका लागि स्थगित गरिएको प्रदेश निर्वाचन समितिका संयोजक प्रह्लाद गौतमले जनाए ।
उनले मतपत्र छपाइको काम पूरा हुन नसकेको भन्दै मतदान स्थगित गरिएको बताए । सभापतिमा संस्थापन पक्षका उम्मेदवार रामकृष्ण यादव छन् भने विमलेन्द्र निधि–शेखर कोइराला पक्षबाट रामसरोज यादवलाई उम्मेदवार बनाइएको छ ।
यसैबीच सभापति शेरबहादुर देउवा पक्षले आजै निर्वाचन गर्नुपर्ने भन्दै नारावाजी गरपछि झडपको अवस्था सिर्जना भएको छ । निधि र कोइराला पक्षले भने भोलि निर्वाचन हुनुपर्ने अडान लिएपछि झडपको अवस्था निम्तिएको हो । झडको स्थिति बनेपछि प्रहरीले हस्तक्षेप गरेर अवस्था साम्य पारेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘जसले यो संविधानलाई लात हान्यो, उसैले संविधान संशोधनको कुरा गरिरहँदा कसरी विश्वास गर्ने ?’
-
आयोगको अध्यक्ष सिफारिस गर्न समिति असफल, फेरि सरकारलाई गुहारियो
-
राजविराज विमानस्थलमा रात्रिकालीन उडान सुरु
-
भ्रष्टाचार गर्नेलाई आजीवन कारावासको व्यवस्था हुनुपर्छ : मुख्यमन्त्री सिंह
-
सर्लाहीमा चिसोबाट बच्नका लागि न्यानो लुगा वितरण
-
नाइजेरियामा डुङ्गा दुर्घटना हुँदा कम्तीमा २० जनाको मृत्यु