बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

सरकार र प्रतिपक्ष संसदको अवरोध खुलाउन गम्भीर भएनः अध्यक्ष लिङ्देन

बुधबार, ०७ पुस २०७८, १७ : ५१
बुधबार, ०७ पुस २०७८

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले संसदको अवरोध छिटोभन्दा छिटो हटाउन  पहल गर्न सरकार र सभामुख अग्निप्रसाद सापकोटाको ध्यानाकर्षण गराएका छन् । अध्यक्ष लिङ्देनले लामो समयदेखि अवरुद्ध संसद खुलाउन सरकार र प्रमुख प्रतिपक्ष दल नेकपा एमाले गम्भीर नभएको भन्दै आपत्ति समेत जनाए । 

बुधबार संसद भवन बाहिर सञ्चारकर्मीहरुसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले जनताको समस्या समाधान गर्ने थलो संसद चाँडो खुलाउन सम्बन्धित सबै पक्षले ध्यान दिनुपर्ने बताए । अध्यक्ष लिङ्देनले भने, ‘लामो समयदेखि संसद जुन अवरुद्ध भइराखेको छ । यसले संसदको उपहास भइराखेको छ । संसद जहाँ, जनताको समस्याहरूको आवाज उठाउने थलो हो । यसमा जुन प्रकारको नियमित रुपमा संसद अवरुद्ध हुने अनि प्रमुख प्रतिपक्ष र सरकार दुवै यस विषयमा चाँही गम्भिर नबन्ने जुन काम भएको छ । त्यो दुःखदायी छ । यसको म निन्दा गर्न चाहन्छु । र चाँडोभन्दा चाँडो सरकार, संसदको सभामुख सबैको पहलबाट संसदको अवरोध खुलाउनु पर्छ ।’

अध्यक्ष लिङ्देनले नियमित रुपमा संसद अवरुद्ध हुने काम दुःखद् भएको भन्दै चिन्ता व्यक्त गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप