बंगलादेश जाने कराँते टोलीको बिदाइ
बंगलादेशमा आयोजना हुने बि–जी कराते च्याम्पियनसिप २०२१ मा सहभागी हुन जाने कराते टोलीलाई राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष शिव कोइरालाले बुधबार बिदाइ गरेका छन् ।
बिदाइ कार्यक्रममा राखेपका सदस्य पुरेन्द्रविक्रम लाखेको पनि उपस्थिती रहेको थियो । बंगलादेश गोजुरियो कराते महासंघको सहयोग तथा बंगलादेश बशप संघको आयोजनामा हुने च्याम्पियनसिपका लागि १५ सदस्यीय टोली त्यसतर्फ प्रस्थान गर्नेछ ।
बंगलादेश जाने टोलीमा रामकुमार श्रेष्ठ टिम व्यवस्थापकमा छन् । यस्तै प्रशिक्षकमा श्याम रोका, खेलाडीहरूमा राजदेव बमजन (६५ केजी), धेजेन डोल्मा तामाङ (४५ केजीं), ग्याल्मो सोमिका लामा (३५ केजी), युरोदिश रोका (६० केजी, पासाङ तामाङ (७० केजीं), रविन्द्र कुँवर (खुला) तथा उमेश भण्डारी (५५ केजी) रहेका छन् ।
यस्तै निर्णायकमा छत्रबहादुर आले मगर, रामचन्द्र गुरुङ, नारायण श्रेष्ठ, प्रकाश तामाङ लामा, मिङ्गमा तामाङ र गणेशलाल श्रेष्ठ छन् ।
मुजिबको सयौं जन्मोत्सवको उपलक्ष्यमा आयोजना गरिएको च्याम्पियनसिप २७ देखि २९ डिसेम्बरसम्म हुनेछ । टोलीलाई बिदाइ गर्दै उपाध्यक्ष कोइरालाले खेलाडीले खेल्ने मात्र नभई नेतृत्व विकास पनि गर्नुपर्ने र राष्ट्रको ईज्जतलाई उच्च राखेर उपाधि जितेर आउन शुभकामनासहित बिदाइ गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्यायिक प्रणालीबाट मात्रै देशमा सुशासन र अमन चयन कायम हुन्छ : राष्ट्रपति पौडेल
-
राष्ट्रपतिद्वारा कानुन व्यवसायी राष्ट्रिय सम्मेलनको उद्घाटन
-
सूचना टाँसेर प्रतिनिधि सभा बैठक २ बजेसम्मका लागि स्थगित
-
बोर्डिङमा भन्दा सामुदायिक विद्यालयमा आकर्षण
-
नार्कमा ४६ प्रतिशत जनशक्ति अभाव, गुणस्तरीय अनुसन्धान प्रभावित
-
अवैध लागूऔषधसहित विभिन्न स्थानबाट १० जना पक्राउ