बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

ललिता निवास प्रकरण : सुवेदी दम्पतीलाई ५ दिन हिरासतमा राख्न अनुमति

बुधबार, ०७ पुस २०७८, १७ : ०३
बुधबार, ०७ पुस २०७८

कागजात ‘किर्ते’ गरेर ललिता निवासको जग्गा हडपेको आरोपमा रामकुमार सुवेदी र उनकी पत्नी माधवी सुवेदीलाई अदालतले ५ दिन हिरासतमा राख्न अनुमति दिएको छ । बालुवाटारस्थित ललिता निवासको जग्गा किर्ते गरेर बेचविखन गरेको आरोपमा केन्द्रीय अनुसन्धान ब्यूरोले काठमाडौं–१३ ताहाचल घर भएका सुवेदी दम्पतीलाई बुधवार पक्राउ गरेको थियो । बालुवाटारको जग्गा किर्ते मुद्दामा लामो समयदेखि अनुसन्धान गरिरहेको ब्यूरोले आरोपीहरुलाई पक्राउ गर्न थालेको छ ।

ब्यूरोले सुवेदी दम्पतीमाथि लिखत सम्बन्धी कसुरमा अनुसन्धान गरिरहेको छ । बालुवाटारको जग्गा हिनामिना सम्बन्धमा यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिसकेको थियो ।

शारदाप्रसाद त्रिताल नेतृत्वको छानविन समितिले जग्गा हिनामिनाबारे छानविन गरेर सीआईबीले थप अनुसन्धान गर्नुपर्ने सुझाव दिएको थियो । सुवेदी दम्पतीको बयानका आधारमा थप अनुसन्धान अघि बढ्ने डीआईजी सिंहले बताए ।

सरकारको नाममा आएको जग्गा सुवेदी दम्पतीले मालपोत र नापी कार्यालयका कर्मचारीलाई प्रलोभनमा पारेर कागजात किर्ते गरेर बेचेका थिए । सो जग्गा किनबेचमा मुख्य ‘बिचौलिया’ को रुपमा देखिएको सुवेदी दम्पतीले तत्कालीन मन्त्री र प्रधानमन्त्रीहरूलाई समेत प्रभावमा पारेर निर्णय गराएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप