आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

तरलता अभावको मुख्य जड नै आयात बृद्धि हो : गभर्नर अधिकारी

बुधबार, ०७ पुस २०७८, १६ : ५२
बुधबार, ०७ पुस २०७८

हाल बजारमा देखिएको तरलता अभावको समस्याको मुख्य जड नै आयात बृद्धि हुनु रहेको गभर्नर डा.महाप्रसाद अधिकारीले तर्क गरेका छन् ।  बुधबार राजधानीमा आर्थिक पत्रकारहरुसँग छलफल कार्यक्रम राख्दै गभर्नर अधिकारीले निर्यातको तुलनामा आयात १४ गुणाले नै बृद्धि भएको र त्यसको परिपूर्तिमा जाने रेमिटेन्स घटेकाले समस्यामा परेको बताए ।

चालू आर्थिक वर्ष २०७८–७९ को चार महिनामा हालसम्मकै उच्च आयात अधिकतम १८ प्रतिशतसम्मले वृद्धि हुँदै ७ खर्बमाथि पुगेको तर रेमिटेन्स ७.५ प्रतिशतले घटेको गभर्नर अधिकारीको भनाइ छ ।  यसमा अधिकतम् पैसा बजारमै होल्ड हुँदा वा बैँकसम्म नआउँदा समेत समस्या पारेको उनको भनाइ छ । अर्थात् पैसा बजारमै होल्ड हुने तर कर्जाको माग तीब्र रुपमा बढ्नाले पनि समस्या आइलागेको गभर्नर अधिकारीको भनाइ छ । 

गभर्नर अधिकारीका अनुसार चालू आर्थिक वर्षको चार महिनामा ४ खर्ब ३५ अर्बले बढ्दा निक्षेप जम्मा १ खर्बले मात्र वृद्ध भएको छ । यसले बजारमा तरलताको अभाव सिर्जना भएको बताए । जुन अघिल्लो वर्षहरुमा पनि यस्तै यस्तै अवस्था रहने गरेको उनको भनाइ छ । तर, यसमा ९० प्रतिशतको सीडी रेसियो (कर्जा–निक्षेप अनुपात) ले भने खासै प्रभाव नपारेको गभर्नर अधिकारीले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप