मोदीको कार्यक्रमपछि रोइन् हेमा मालिनी
बलिउड अभिनेत्री तथा मथुराबाट भाजपाकी सांसद हेमा मालिनी मंगलबार प्रयागराजमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको कार्यक्रमपछि रोइन् । परेड ग्राउन्डमा आयोजित मातृशक्ति कार्यक्रमबाट निस्कँदै गर्दा हेमा भीडको धक्का मुक्कीमा फसिन् । यसकारण हेमा यति तनावमा भइन् कि उनको आँखाबाट आँसु नै आयो । यो देखेर सुरक्षामा खटेका प्रहरी अधिकारीले मोर्चा सम्हाले र उनलाई त्यहाँबाट निकाले ।
यसैबीच अर्को एउटा नाटक पनि भयो । हेमा मालिनीलाई भेट्न जिद्दी गर्दै भाजपा एमएलसी सुरेन्द्र चौधरी प्रहरीसँग भिडे । वास्तवमा उनलाई प्रहरीले हेमा मालिनीसम्म पुग्न रोकेका थिए । यसमाथि चौधरी भड्किए र भने, ‘उनी हिरोइन नै त हुन्, भेट्न के समस्या छ ?’ अधिकारीले कसैलाई पनि भित्र जान अनुमति नभएको भन्दै उनलाई सम्झाए ।
रोकिएपछि भड्किए, समर्थकसँग धर्नाः
प्रहरीले रोकेपछि चौधरीले आफ्ना समर्थकसहित हंगामा गरे । यो घटनालाई त्यहाँ उपस्थित मानिसले रेकर्ड गरे । त्यसपछि चौधरीले भने, ‘हेमा मालिनी सांसद हुन्, त्यसैले भेट्न चाहन्छु ।’
नरेन्द्र मोदी सभाका लागि प्रयागराज पुगेकी थिइन् । उक्त कार्यक्रममा हेमाले मोदीको स्वागत गर्दै भनिन्, ‘प्रधानमन्त्री नरेन्द्र मोदीले नारीलाई नारायणी मानेर काम गरेका छन् । आज नारी घर चलाउन सक्छिन् भने देश पनि चलाउन सक्छिन् । संसदमा महिला सांसदको संख्या पहिलाको तुलनामा निकै धेरै छ । यस मामिलामा बिजेपी एक नम्बरमा छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय असहयोगसँग ‘जुध्न’ भैरहवा विमानस्थलमा आधुनिक प्रणाली विकास हुँदै
-
फेरि अनिश्चित बन्यो सुनिता र बुच पृथ्वीमा फर्किने मिति
-
आगलागीमा परी १० लाख बढीको क्षति
-
महिला यु–१९ एसिया कप : वर्षाले खेल अवरुद्ध
-
गाजामा युद्धविराम हुनेमा अमेरिकी विदेशमन्त्री ब्लिन्केन ‘आशावादी’
-
युक्रेनी युद्धमा कम्तीमा सय जना उत्तर कोरियाली सेनाको मृत्यु