कुनै एक व्यक्तिका कारण प्रदेश नै बदनाम हुन दिँदैनौँः पौडेल
बागमती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेलले मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेका कारण बागमती प्रदेशको बदनाम भएको आरोप लगाएका छन् । बुधबार बसेको प्रदेशसभा बैठकमा पार्टीको तर्फबाट धारणा राख्दै उनले प्रदेश सरकारको छवि भ्रष्ट भइसकेको आरोप लगाए । प्रदेश सरकारले दलीय भागबण्डा मिलाउनका लागि प्रदेशको ८ मन्त्रालयलाई टुक्राएर १४ पु¥याएको कारण प्रदेशकै बदनाम भएको उनले बताए ।
‘यतिबेला एउटा घरको बार्दलीभरी बोर्ड झुण्ड्याइएको छ । त्यो सहकारीको बोर्ड हो कि मन्त्रालयको हो थाहा छैन । यसले प्रदेशकै बदनामी भएको छ । हामीले ४२ महिनामा गर्न नसकेको काम यो सरकारले ५५ दिनमा नै गर्न सफल भएको छ । यो नै अग्रगामी छलाङ होला,’ उनले आक्रोश पोखे ।
यसअघि २४ महिनासम्म सरकार संचालन गरेका पौडेलले आफ्नो कार्यकालमा कसैले पनि सरकारमाथि औँला उठाउन नसकेको धारणा व्यक्त गरे ।
‘हामीले सरकारको नेतृत्व गरेका बेला बागमती प्रदेशकै छुट्टै शान थियो । हामीले सरकार माथि कसैलाई पनि औँला उठाउने ठाउँ दिएका थिएनौ । अहिले देशका ७ प्रदेश मध्ये सबैभन्दा बढी बदनामी कमाएको प्रदेश बागमती भएको छ । कुनै एक व्यक्तिका कारण हामी सबै प्रदेशलाई बदनाम हुन दिँदैनौ’, पौडेलले भने ।
बागमती प्रदेशमा कोरोना नियन्त्रणलाई प्राथमिकतामा राख्दा स्थापनाकालमा निर्माण गरिएको ७ वटा मन्त्रालयमा एक स्वास्थ्य मन्त्रालय थप गरेर ८ वटा पु-याउनु एमालेको बाध्यता र जनताको माग भएको उनले बताए ।
सरकार संचालन गर्न कठिन भएको र सरकार घाटामा रहेकाे भन्दै विकास बजेट कटौती गरेर मन्त्रालय थप गर्ने निर्णय कदापि मान्य नहुने र एमाले यसको विपक्षमा उभिने उनले बताए ।
उनले आफ्नो नेतृत्वको सरकारले प्रस्तुत गरेको भिमफेदी–कु्लेखानी सुरुङ मार्ग र विद्युतीय बस खरिद योजना यथावत रुपमा कार्यान्वयन गर्न र मन्त्रालय विभाजनको निर्णय फिर्ता नभएसम्म सदन चल्न नदिने चेतावनी समेत दिएका छन् ।
उनले विगतमा आफूले जनताको काम गर्नका लागि मदन भण्डारी फाउण्डेशनलाई आर्थिक सहायताको निर्णय फिर्ता लिन विपक्षी दलहरुले बाध्य पारेको भन्दै जनताको हित विपरितको ति सबै कार्यहरु फिता हुनुपर्ने माग गरे ।
उनले प्रदेश सरकारको आँखा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा संकेत परेको भन्दै प्रदेशको गौरवको आयोजना भएकाले त्यसको संरचनालाई खलल पुग्ने कुनैपनि काम नगर्न खबरदारी गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकी डलर, रियाल, दिराम र दिनारको मूल्य बढ्यो, युरो र पाउण्डको घट्यो
-
आज लक्ष्मीको बार, कस्तो छ आम्दानीको योग ? हेरौँ राशिफल
-
म्यानयुलाई हराउँदै टोटनह्याम काराबाओ कपको सेमीफाइनलमा
-
इन्टरले गर्यो कोपा इटालियाको राउण्ड अफ् सिक्सटिन
-
इप्पानले धुमधामसँग रजत जयन्ती मनाउने
-
इक्वेडरमा १४ घण्टे लोडसेडिङले जनता सडकमा, उद्योगतर्फको कटौती वर्षभर रहने