मसालनिकट प्रगतिशील पत्रकार संघका अध्यक्ष जीएमले दिए राजीनामा
नेकपा (मसाल) निकट प्रगतिशील पत्रकार संघ नेपालका केन्द्रीय अध्यक्ष उदय जिएमले राजीनामा गरेका छन् । नेपाल पत्रकार महासंघका उपाध्यक्षसमेत रहेका जिएमले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै ३२ वर्षदेखिको नेकपा मसालसँगको आबद्धता त्यागेको घोषणा गरेका हुन् । जिएमले आफूले सबै जिम्मेवारीबाट बिदा लिएर स्वतन्त्र भएको घोषणा समेत गरेका छन् ।
‘विचार र सिद्धान्तको पक्षधरतालाई व्यवहारको संकीर्णता र असहिष्णुताले थिच्दैमिच्दै आएको पनि इतिहास छ । यही रोगको शिकार यतिबेला नेपाल कम्युनिष्ट पार्टी (मसाल) तथा राष्ट्रिय जनमोर्चा र त्यसका भातृ तथा शुभेच्छुक संगठनहरु र तिनका नेता÷कार्यकर्ताहरु भइरहेका छन् । केही आरोपहरु र कथित आरोपहरु, केही विमतिहरु र कथित विमतिहरुको पुलिन्दा बाँधेर अर्को पक्षलाई खुइल्याउने र समाप्त पार्ने अभियान चलिरहेका छन्’, अध्यक्ष जिएमले भनेका छन्, ‘यस्तो अवस्थामा डिलमा बसेर रमिता हेर्न नसकिने भएकाले आजैको मितिदेखि प्रगतिशील पत्रकार संघ, नेपालको केन्द्रीय अध्यक्षको जिम्मेवारीमा नरहेको र स्वतन्त्र भएको जानकारी गराउँछु ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६ वर्ष बित्यो, सुरु भएन चक्रपथको दोस्रो खण्ड विस्तार
-
म्याग्दीको दोसल्ले गाउँबाट रु एक करोड ५० लाख बढीको सुन्तला बिक्री
-
झापामा शून्य खनजोत प्रविधिबाट मकैखेती
-
सहकारीको पैसामा मिटरब्याजको धन्दा, खाली चेक लिँदै, मुद्दा हाल्दै
-
चितवन राष्ट्रिय निकुञ्ज घुम्नेमा स्वदेशी भन्दा विदेशी बढी
-
कालोपत्र सडकले जोडियो सर्दी, हट्यो वर्षौदेखिको दुःख