ललिता निवास प्रकरण : ‘कीर्ते’ मुद्दामा सीआईबीद्वारा थप २ जना पक्राउ
ललिता निवासको जग्गा हिनामिना गरेको मुद्दामा लामो समयदेखि अनुसन्धान गरिरहेको प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरोले आरोपीहरुलाई पक्राउ गर्न थालेको छ । कागजात ‘किर्ते’ गरेको आरोपमा बिचौलिया रामकुमार सुवेदी र उनकी पत्नी माधवी सुवेदीलाई पक्राउ गरिएको सिआईबीका डीआईजी धीरज प्रताप सिंहले रातोपाटीलाई बताए । व्युरोले उनीहरुलाई लिखत सम्बन्धी कसुरमा काठमाडौं जिल्ला अदालतबाट म्याद लिएर अनुसन्धान थालेको छ । बालुवाटारको जग्गा हिनामिना सम्बन्धमा यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिसकेको छ ।
शारदा प्रसाद त्रिताल नेतृत्वको छानविन समितिले जग्गा हिनामिनाबारे केन्द्रिय अनुसन्धान व्युरोलाई विस्तृत अनुसन्धान गर्न दिनुपर्ने सुझाव दिएपछि गृहमन्त्रालयले ब्यूरोलाई अनुसन्धान गर्न निर्देशन दिएको थियो । काठमाडौं महानगरपालिका–१३ स्थित ताहाचल घर भएका सुवेदी दम्पतीको बयानका आधारमा थप अनुसन्धान अघि बढ्ने डीआईजी सिंहले बताए ।
सरकारको नाममा आएको जग्गा सुवेदी दम्पतीले मालपोत र नापी कार्यालयका कर्मचारीलाई प्रलोभनमा पारेर कागजात किर्ते गरेर आफ्नो नाममा लिएका थिए । उनीहरुले तत्कालिन मन्त्री र प्रधानमन्त्रीहरूलाई समेत प्रयोग गरेर सो जग्गा आफ्नो नाममा ल्याएर बेचेको आरोप छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण