बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

साधारण लक्षणसहितको ओमिक्रोन नै कोरोनाको ‘प्राकृतिक खोप’, यसमार्फत् मानिसमा प्रतिरोधी क्षमता बढ्ने निश्चित

बुधबार, ०७ पुस २०७८, १६ : १६
बुधबार, ०७ पुस २०७८

संसारभरी ओमिक्रोनको बढ्दो मामिलाका बीच भारतका शीर्ष स्वास्थ्य विज्ञले नयाँ भेरियन्टले कोरोनाको प्राकृतिक खोपको रुपमा काम गर्ने दाबी गरिरहेका छन् । 

हालसम्म प्राप्त जानकारीका अनुसार ओमिक्रोनद्वारा संक्रमित हुँदा मानिस गम्भीर रुपमा बिरामी हुँदैनन् र भाइरसविरुद्ध शरीरमा एन्टिबडी बन्ने गर्छ । इम्युनोलोजिस्ट डा. गोवर्धन दासका अनुसार ओमिक्रोन डेल्टाकै ‘माइल्ड’ रुप हो । यो भेरियन्टको म्युटेशन धेरै भएता पनि यसले निकै थोरै मानिसलाई अस्पताल पुर्याइरहेको छ ।’

ओमिक्रोन, भ्याक्सिन झैं असरदार

आउटलुक म्यागजिनसँग कुराकानी गर्दै जवाहरलाल नेहरु विश्वविद्यालयका प्राध्यापक तथा प्रख्यात इन्यूनोलोजिस्ट डा. गोवर्धन दासले ओमिक्रोन कोरोनाका प्राकृतिक भ्याक्सिन भएको कुरामा विश्वास भएको बताएका छन् । उनका अनुसार समयका साथै भाइरस कमजोर भएको छ । आज वैज्ञानिक यस्तै प्रकारको भाइरस प्रयोग गरेर भ्याक्सिनको निर्मांण गर्ने गर्छन् । यसमा भाइरसको कमजोर रुपलाई मानिसमा इन्जेक्ट गरिन्छ जसका कारण उनीहरुको शरीरमा एन्टीबडी बन्ने गर्छ ।

डा. दासका अनुसार ओमिक्रोनको असाध्यै धेरै म्युटेशन शरीरका लागि राम्रो हो । उनी भन्छन्, ‘हामी भाइरससँग जति धेरै लड्छौं, हाम्रो प्रतिरोधी क्षमता कोरोनाविरुद्ध त्यति नै बलियो हुनेछ । ओमिक्रोन यतिबेला कोरोनाका लागि उपलब्ध सबैभन्दा प्रभावकारी भ्याक्सिन हो ।’

ओमिक्रोन खतरनाक छैन तरपछि सतर्कता अपनाउनुपर्छः

इन्डियन काउन्सिल अफ मेडिकल रिसर्चका वैज्ञानिक डा. एन के मेहराका अनुसार ओमिक्रोन हाम्रा लागि वरदान साबित हुनसक्छ । यद्यपि, यो भेरियन्टले हरेक देशमा एउटै किसिमको संक्रमण हुन्छ वा हुँदैन भनेर हेर्न बाँकी नै छ । डा. मेहराले भने, ‘स्थिति चाहे जे सुकै होस्, हामीले कोरोना प्रोटोकलको पालना कुनै पनि हालतमा गर्नुपर्छ । यदि बिरामीको संख्या बढ्दै गयो भने स्वास्थ्य पूर्वाधारमा समस्या आउनेछ ।’

ओमिक्रोनको प्राकृतिक खोप गरिब देशका लागि फाइदाजनकः

म्याक्स हेल्थकेयरका ग्रुप मेडिकल डायरेक्टर डा. संदिप बुधिराजा पनि ओमिक्रोनले प्राकृतिक खोपको रुपमा काम गर्ने तर्कसँग सहमत छन् । ओमिक्रोन कमजोर हुनु ती गरिब देशका लागि राम्रो हो, जहाँ भ्याक्सिनेसन शून्य बराबर भइरहेको छ ।’

उनका अनुसार यो भेरियन्ट कम लक्षणसहित धेरै मानिसलाई संक्रमित गर्नेछ जसका कारण जनसंख्याको एउटा ठूलो हिस्सा भाइरसविरुद्ध प्रतिरोधी हुनेछ । डा. बुधिराजाका अनुसार अहिले भिन्न भिन्न देशको डाटा अनुसन्धान गर्न आवश्यक छ ।

प्रकृति अनुकूल ढलिरहेको छ कोरोना भाइरसः

पुणेकामे डिवाय पाटिल मेडिकल कलेजका प्राध्यापक डा. अमिताव बनर्जीका अनुसार भाइरस प्रकृतिमा जीवित रहनका लागि त्यस अनुकूल परिवर्तन हुने गर्छ । कोरोनाभाइरस पनि यस्तै भइरहेको छ । यो नयाँ भेरियन्टको रुपमा बढी संक्रामक त छ तर प्रकृति अनुकूल कमजोर पनि छ । डा. बनर्जीका अनुसार घातक भाइरस एक व्यक्तिलाई संक्रमित गरेर उसै सँग मर्ने गर्छ । तर त्यसको माइल्ड भेरियन्ट प्राकृतिमा जिउँदो रहेर तीब्र रुपमा फैलिन्छ र मानिसको प्रतिरोधी क्षमता बुस्ट गर्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप