बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

‘मिस वर्ल्ड’ को फाइनल २ चैत्रमा हुने

बुधबार, ०७ पुस २०७८, १५ : ५७
बुधबार, ०७ पुस २०७८

कोरोनाको कारण स्थगित सौन्दर्य प्रतियोगिता ‘मिस वर्ल्ड’ को फाइनल आगामी २ चैत (मार्च १६, २०२२)मा आयोजना हुने भएको छ । मिस वर्ल्ड आयोजकले एक विज्ञप्ति जारी गर्दै प्रतियोगिताबारे जानकारी गराएको हो ।
प्रतियोगी, आयोजक र कर्मचारीमा कोरोनाभाइरस संक्रमण देखिएपछि गत १६ डिसेम्बरमा आयोजना हुने भनिएको फाइनल अन्तिम समयमा आयोजकले स्थगित गरेको थियो । प्रतियोगिता स्थगित गर्दा आयोजकले कोरोनाको स्थितिमा सुधार भए ९० दिनभित्र फेरि प्रतियोगिता सम्पन्न गर्ने जनाएको छ । 

अमेरिकी राज्य पुएर्तो रिकोमा आयोजना गरिएको प्रतियोगिता स्थगित भएपछि धेरै प्रतियोगी स्वदेश फर्किसकेका छन् । अहिले कोरोनाको स्थिति बढ्दो भएपनि आयोजकले भने फाइनल मिति घोषणा भने गरेको हो ।
प्रतियोगितामा नेपालबाट सहभागी मिस नेपाल नम्रता श्रेष्ठ पनि सोमबार स्वदेश फर्किसकेकी छन् । उनी प्रतियोगितामा अन्तिम ३० भित्र प्रवेश सफल भएकी थिइन् ।  फाइनलका लागि उनी फेरि अमेरिका जानेछिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप