नाडाका अध्यक्ष थापाद्वारा पदभार ग्रहण, पहिलो बैठकबाट तीन जनाको मनोनयन
नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालका नवनिर्वाचित अध्यक्ष ध्रुवबहादुर थापाले पदभार ग्रहण गरेका छन् । बुधबार नाडाकाे केन्द्रीय सचिवालय टेकुमा आयोजित कार्यक्रममा निवर्तमान अध्यक्ष कृष्णप्रसाद दुलाल समक्ष थापाले पद तथा गोपनीयताको सपथ लिएर पदभार ग्रहण गरेका हुन् ।
गत मंसिर २२ र २३ गते राजधानीमा सम्पन्न नाडाको ४५औँ साधारणसभा तथा संघको निर्वाचनले थापालाई अध्यक्षमा चयन गरेको थियो । अध्यक्ष थापाले नाडाको गरिमा उच्च हुने गरी आफ्नो कार्यसमितिले काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।
सो अवसरमा थापाले सम्पूर्ण कार्यसमितिको साथ र सहयोग लिएर नै आफू अगाडि बढ्ने र सबैलाई समेटेर अघि बढ्ने प्रतिवद्धता जनाए । पदभार ग्रहण गरे लगत्तै अध्यक्ष थापाले पहिलो बैठकमै तीन जना केन्द्रीय सदस्यहरु मनोनित गरेका छन् ।
मनोनित सदस्यमा हंशराज हुलासचन्द एण्ड कम्पनी प्रालिका निर्देशक अभिमन्यू गोल्छा, स्याकार ट्रेडिङका जनरल मेनेजर सोहनलाल श्रेष्ठ र जगदम्बा मोटर्सका निर्देशक दीपक अग्रवाल रहेका छन् । योसँगै थापाले निर्वाचित १७ जना केन्द्रीय सदस्यसहित तीन मनोनीत सदस्यहरुलाई पद तथा गोपनीयताको सपथ खुवाएका छन् ।
निर्वाचनमार्फत अध्यक्ष थापासहित अन्य कार्यसमिति सदस्यमा मीलनबाबु मल्ल, अनुपकुमार बराल, राजनबाबु श्रेष्ठ, सुरेन्द्रकुमार उप्रेती, सुनिल रिजाल, अभिक ज्योती, प्रकाश कपुरी, बिक्रम सिंघानिया, गोपाल भट्टराई निलमणि पाठक, निराकर श्रेष्ठ, वरदान बस्नेत, यमुना श्रेष्ठ, कपिल सिवाकोटी, पंकज अग्रवाल, प्रदीपमान प्रधान र आकाश गोल्छा निर्वाचित भएका थिए ।
अब नाडाको ४ उपाध्यक्षसहित, सचिव, कोषाध्यक्ष लगायतका पदाधिकारीहरूको टुंगो निर्वाचन मार्फत नै लगाइने भएको छ । महासचिवमा भने सुरेन्द्रकुमार उप्रेती सर्वसम्मत चयन भइसकेका छन् । उप्रेती यसअघि नाडाको कोषाध्यक्ष रहेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मन्त्री भण्डारी र कोरियाली समकक्षीबिच टीआइपीएफ सम्झौतामा हस्ताक्षर
-
रवि लामिछानेको हिरासतभित्रको तस्बिर सार्वजनिक गर्नेलाई कारबाही गर्न गृहमन्त्रीको निर्देशन
-
सामाजिक सञ्जालमा देखिने शङ्कास्पद पोस्टहरू क्लिक नगर्न प्रहरीको आग्रह
-
मनाङमा जलविद्युत् आयोजना सम्पन्न गर्न सहजीकरण समिति गठन
-
सिरिया छाड्ने तयारी गर्दैछ रुस ?
-
आमा बनिन् अभिनेत्री नन्दिता केसी