बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

अझै सुरु भएन बागमती प्रदेशसभा बैठक

बुधबार, ०७ पुस २०७८, १४ : ५८
बुधबार, ०७ पुस २०७८

बागमती प्रदेशको प्रदेशसभा बैठक अझै सुरु हुन सकेको छैन । प्रदेशसभाको नवौँ अधिवेशनको सातौँ बैठक आज दिउँसो १ बजे बस्ने भनिएपनि बैठक अझै सुरु हुन नसकेको हो । लगातारको सरकार परिवर्तनका कारण गत कात्तिक २२ गते प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेको विश्वासको मतका लागि बैठक बसेको थियो । मुख्यमन्त्रीले विश्वासको मत प्राप्त गरेपछि भने प्रदेशसभा बैठक बस्न सकेको थिएन ।

उता, प्रदेशसभामा पहिलो पटक प्रमुख प्रतिपक्षी दल बनेको नेकपा एमालेले मुख्यमन्त्री राजेन्द्र पाण्डेले गर्नुभएको मन्त्रिपरिषद विस्तारको विरोध गर्ने भएको छ । केहीबेर अघि एमाले संसदीय दलको बैठक सकिएसँगै सो पार्टीले साना दलहरूसँग बैठक बसिरहेको छ । बैठकमा विवेकशील साझा पार्टीका रमेश पौडेल, राप्रपाबाट रिता माझी र  नेमकिपाबाट सुरेन्द्रराज गोसाई सहभागी रहेका छन् ।

 मुख्यमन्त्री पाण्डेले दलीय भागबण्डा मिलाउन आठवटा मन्त्रालयलाई १४ वटा बनाएपछि एमालेले त्यसको चर्को विरोध गर्दै आएको छ ।  ‘मुख्यमन्त्री पाण्डेले १४ वटा मन्त्रालयमा बनाएपछि विरोध गरेका हौं’ एक सांसदले नाम प्रकाशित नगर्ने शर्तमा भने । उनले अन्य दलहरूसँग सहमति गरेर संसद अवरुद्ध गर्ने एमालेको रणनीति भएको भएको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप