आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

एमालेको अवरोधका बीच प्रतिनिधिसभाबाट ४ अध्यादेश स्वीकृत

बुधबार, ०७ पुस २०७८, १४ : १८
बुधबार, ०७ पुस २०७८

प्रतिनिधिसभाबाट प्रमुख प्रतिपक्षी दल एमालेको नाराबाजी र अवरोधका बीच ४ अध्यादेश स्वीकृत भएको छ ।  नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) (पहिलो संशोधन) अध्यादेश २०७८, तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश २०७८, सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश २०७८ र रेल्वे अध्यादेश २०७८ स्वीकृत भएको हो ।

एमालेको चर्को नाराबाजीका बीच सभामुखले यी अध्यादेश अघि बढाएका हुन् ।  यी अध्यादेशहरूलाई अस्वीकार गरियोस सांसद प्रेम सुवालको सूचना बैठकले अस्वीकृत गरेको छ । प्रतिनिधिसभाको अर्को बैठक पुस १८ गते दिनको १ बजे बस्नेगरी स्थगित भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप