एमालेद्वारा बुधबार पनि प्रतिनिधिसभा बैठक अवरुद्ध
बुधबार, ०७ पुस २०७८, १३ : ३२
![एमालेद्वारा बुधबार पनि प्रतिनिधिसभा बैठक अवरुद्ध](https://rpcdn.ratopati.com/media/albums/UML-sansad-cover_x3kWcZshWK.jpg)
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले ‘पक्षपूर्ण व्यवहार बन्द गर’भन्नेलगायतका नाराहरू लगाउँदै बुधबार पनि प्रतिनिसभा बैठक अवरुद्ध पारेको छ । सभामुख अग्निप्रसाद सापकोटाले बैठक सुरु गर्न साथ एमाले सांसदहरुले वेल घेराउसहित चर्का नाराबाजी गर्दै प्रतिनिधिसभा अवरुद्ध पार्ने कामलाई निरन्तरता दिएका हुन् ।
यता सभामुख सापकोटाले सभालाई सूचारु गराएर आफ्ना असहमति राख्न पटक पटक आग्रह गरेपनि एमाले सांसदहरुले त्यसको वेवास्ता गर्दै पक्षपातपूर्ण व्यवहार बन्द गर, संसदीय मर्यादा कायम गर, पार्टी फुटाउने षडयन्त्र मुर्दावाद भन्ने नारा लगाएका थिए ।
एमालेले आफ्नो पार्टीले कारबाहीका लागि सिफारिस गरेका माधव नेपालसहितका १४ जना सांसदलाई कारबाहीको सूचना टाँस नगरेर सभामुख सापकोटा आफै पार्टी फुटाउने षडयन्त्रमा लागेका भन्दै संसद बैठक अवरुद्ध पार्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कालीगण्डकी र सेतीखोलामा जलसतह बढेपछि सेतीवेणी र शालिग्राम शिला डुबानमा
-
सानातिना सुधारले मात्रै सहकारीको समस्या समाधान हुन सक्दैन : महासचिव गुरुङ
-
सीमा आभासका तीन कविता
-
यस्ता छन् आइतबार बस्ने प्रतिनिधिसभा बैठकका ४ कार्यसूची
-
माओवादी केन्द्रलाई कांग्रेसको जवाफ : संविधान संशोधन अग्रगमनका लागि हुन्छ
-
डुबानमा पर्यो बल्खुको तरकारी बजार, तस्बिरहरू