बिहीबार, २५ पुस २०८१
ताजा लोकप्रिय

म्यानमारको जेड खानीमा पहिरो : ७० जना हराए

बुधबार, ०७ पुस २०७८, १२ : ४४
बुधबार, ०७ पुस २०७८

उत्तरी म्यानमारमा एक जेड माइनिङ ( मूल्यवान् पत्थरको खानी) मा आएको पहिरो गएको छ । यसमा कम्तीमा ७० जना गायब भएका छन् ।​ कचिन राज्यको हपाकान्त इलाकामा बुधबार स्थानिय समयानुसार बिहान ४ बजे पहिरो गएको हो ।

घटनास्थलमा उद्दारकार्य जारी छ पीडिडमध्ये धेरैजसोले अवैध रुपमा जेडको उत्खनन  गरिरहेका थिए । म्यानमार जेड (गहना बनाउन प्रयोग हुने हरियो पत्थर) को संसारको सबैभन्दा ठूलो स्रोत हो तर पछिल्ला थुप्रै वर्षमा यसको उत्खननका बेला थुप्रै दुर्घटना भएका छन् ।

हपाकान्तमा जेड उत्खननमाथि प्रतिबन्ध छ तर स्थानीय रोजगारीको कमी र कोभिड–१९ पछि खराब भएको आर्थिक स्थितिका कारण उत्खनन गर्दै आएका छन् । केही दिन अघि हपाकान्तमा एउटा जेड ब्लक नजिकै पहिरो गएका कारण १० जना गायब भएका थिए ।

सन् २०२० मा हपाकान्तमा नै एक दुर्घटना हुँदा १६० भन्दा बढी मारिएका थिए जसमा धेरैजसो प्रवासी थिए । यो दुर्घटना उत्खनन गरिएको फोहोरको पोखरीमा डुबेका कारण भएको थियो ।

सन् २०१८ मा रत्न उत्खनन बारे नयाँ कानुन पास गरिएको थियो तर आलोचकका अनुसार सरकारसँग अनुसन्धानकर्ता छैनन् र अवैध काम रोक्नका लागि सिमित अधिकार छन् ।

म्यान्मारको जेडको व्यापार हरेक वर्ष ३० अर्ब डलरको मानिन्छ जसमा हपाकान्त संसारको सबैभन्दा ठूलो जेड उत्खनन हुने स्थान हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप