विवेकशील साझा पार्टीले महाकाली मेची एकता यात्रा गर्ने
विवेकशील साझा पार्टीले महाकाली–मेची राष्ट्रिय एकता यात्रा गर्ने भएको छ । आगामी पुष २७ गते पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा सो पार्टीले महाकाली मेची राष्ट्रिय एकता यात्रा गर्ने भएको हो ।
सो पार्टीको मंगलबार बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले सो निर्णय गरेको हो । यात्रा पुष २७ गते कञ्चनपुरबाट सुरु भई माघ १६ गते झापा पुगेर अन्त्य हुने विवेकशील साझा पार्टीद्वारा बुधबार जारी विज्ञप्तिमा जनाइएको छ ।
महाकाली मेची यात्राको विस्तृत विवरण पछि प्रकाशित गरिने विज्ञप्तिमा जनाइएको छ । जारी विज्ञप्तिमा भनिएको छ : ‘नागरिकहरूका आ(आफ्ना वैचारिक दृष्टिकोण भए पनि “विचारभन्दा माथि देश” नै हो भन्ने भावना प्रवर्द्धन गर्नु, राष्ट्रिय एकता तथा देशको स्वाधीनता, शान्ति, स्थिरता, विकास र दूरगामी हितलाई सुनिश्चित गर्ने विवेकशील साझा पार्टीका एजेण्डा आम सर्वसाधारणसम्म पुर्याउनु, पार्टीको आम नागरिकसँगको सम्बन्धलाई अझ मजबुत बनाउनु र जातीय, क्षेत्रीय तथा धार्मिक रूपमा बढ्दै गएको मनोवैज्ञानिक दूरी कम गर्न सघाउनु राष्ट्रिय एकता यात्राको मूल उद्देश्य हुनेछ।’
सो पार्टीले आफ्ना सम्पूर्ण नेता, सदस्य र शुभेच्छुकहरुलाई पार्टीको यो विशेष यात्रामा साथ दिन अनुरोध समेत गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : नेपालबाट चीनमा मासु निर्यातका लागि सम्झौतादेखि दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेशसम्म
-
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
-
काठमाडौँको चन्द्रागिरीमा १७ वर्षीया किशोरीको हत्या
-
लुम्बिनी विहार र होटेल व्यवसायी बिचको विवाद समाधान
-
१० बजे, १० समाचार : उत्तरार्द्धमा एनपीएल, समाजवादी मोर्चा निष्प्रभावी
-
मिर्गौला प्रत्यारोपण गर्ने विषयमा विवाद, चक्कु प्रहार गरेर बुवाले गरे बिरामी छोराको हत्या