शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

अंग्रेजी नयाँ वर्षमा गायक दीप श्रेष्ठ नाइट हुने

बुधबार, ०७ पुस २०७८, १२ : ०३
बुधबार, ०७ पुस २०७८

अंग्रेजी नयाँ वर्षको अवसर पारेर चितवनमा गायक दीप श्रेष्ठ नाइट हुने भएको छ । भरतपुरको देवनगरमा रहेको लेक ट्वान्टी थाउजेन्ड फार्म एन्ड रिट्रिट (हवेली) मा ३१ डिसेम्बरमा आयोजना हुने नाइटमा दीपले आफ्ना दर्जन बढी गीत संगीतबाट दर्शक झुमाउनेछन् ।

रियालिटी सो ‘द भ्वाइस अफ नेपाल’ का जज समेत रहेका श्रेष्ठ गायकको अलवा संगीतकार तथा रचनाकार पनि हुन् । श्रेष्ठको ‘म पत्थरको देवता होइन’, ‘म त दूर देखि आए’, ‘हर रात सपनीमा’, ‘एउटै बाटो’, ‘उ यात्री’, ‘वितेका कुरा’ लगायत थुप्रै गीत हिट छन् । 

अभिनेत्री गौरी मल्ल, बेलि डान्सर विनु शाक्य लगायतका कलाकारको उपस्थिति रहने लेक ट्वान्टी थाउजेन्ड फार्म एन्ड रिट्रिट (हवेली) का सञ्चालक देवेन लोहनीले बताए । कार्यक्रममा सहभागिताका लागि आयोजकले २ हजार शुल्क राखेको छ । जसमा वेलकम ड्रिङ्स र अनलिमिटेड स्न्याक्सको ब्यवस्था रहेको आयोजक पक्षले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप