शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

हिमालयन डिस्टिलरीले शतप्रतिशत लाभांश दिने

बुधबार, ०७ पुस २०७८, ११ : ५७
बुधबार, ०७ पुस २०७८

हिमालयन डिस्टिलरी लिमिटेडले आफ्ना सेयरधनीहरूलाई सतप्रतिशत लाभांश दिने भएको छ । कम्पनीले गत आर्थिक वर्षमा आर्जन गरेको नाफाबाट लगानीकर्तालाई शतप्रतिशत लाभांश दिने भएको हो ।

कम्पनीले लगानीकर्तालाई हाल कायम चुक्ता पुँजीको ७५ प्रतिशत बोनस सेयर र २५ प्रतिशत नगद लाभांश गरी कुल १०० प्रतिशत लाभांश दिने घोषणा गरेको हो । कम्पनीको सञ्चालक समितिले गरेको प्रस्ताव पारित गर्न कम्पनीले २८ पुसमा २१ औं वार्षिक साधारण सभा आह्वान गरेको छ ।

साधारणसभाका लागि कम्पनीले पुस १६ गते बुकक्लोज गर्ने बताएको छ । यसको अर्थ पुस १५ सम्म कायम रहेन कम्पनीका सेयरधनीले उक्त बोनस सेयर पाउँछन् । आज कम्पनीको सेयर मूल्य प्रतिकित्ता ६ हजार ४०० रुपैयाँभन्दा माथि छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप