शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

घानाको संसदमा मुक्का हानाहान

बुधबार, ०७ पुस २०७८, ११ : ४६
बुधबार, ०७ पुस २०७८

विद्युतीय कारोबारमा कर लगाउने विषयमा सरकारको प्रस्तावपछि घानामा सांसदहरुबीच मुक्का हानाहान भएको छ । प्रस्तावका समर्थक र विपक्षी सांसदहरुबीच मुक्का हानाहान भएको हो ।

प्रस्तावका पक्षमा मतदानका लागि उठेका उपसभामुख जोसेप ओसी ओउसुलाई विपक्षी सांसदहरुले रोकेर घेराउ गरेपछि विवाद चर्किएको थियो । उपसभामुखले बैठकको अध्यक्षता गरेका थिए । कुटाकुटपछि संसद् बैठक स्थगित गरिएको छ । 
प्रमुख विपक्षी नेशनल डेमोक्रयाटिक कंग्रेस (एनडीसी) ले विद्युतीय कारोबारमा १ दशमलब ७५ प्रतिशत कर लगाउने सरकारको प्रस्तावलाई अस्वीकार गरेको छ । 

सरकारको निर्णयले न्यून आय भएका मानिस र बैंकिङ क्षेत्रका मानिस प्रभावित हुने विपक्षीको भनाइ छ । अर्थमन्त्री केन ओफोरी आर्टाले करको दायरा बढाउनुपर्ने आवश्यक भएको बताएका छन् । कर वृद्धिले अर्को वर्ष थप एक अर्ब १५ करोड डलर राजस्व संकलन हुने उनको भनाइ छ । 

सांसदबीच भएको कुटपिटको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप