बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

आफूलाई ५८ लाखमा बेच्ने कसरतमा थिए युवा : तर पुगे जेल

बुधबार, ०७ पुस २०७८, ११ : ४१
बुधबार, ०७ पुस २०७८

जीवन जिउन पैसा चाहिन्छ । त्यही जीवनका लागि मानिसले पैसा कमाउँछन् । तर आफू नै बिक्री भएपछि आफ्नो इच्छा अनुसार जिउने अधिकार नै रहन्न । यो प्रसङ्ग किन उठाइयो भन्ने लाग्न सक्छ । एक २६ वर्षीय नाइजेरियाली केटोले आफूलाई नै बिक्री गर्न खोजेकाले हामीले या प्रसङ्ग उठाएका हौँ ।

हिस्बाहमने रुपमा चिनिएको इस्लामिक प्रहरीले  आफूलाई २ करोड नाइजेरियाली नारा अर्थात्  ५८ लाख रुपैयाँमा बिक्री गर्न खोज्ने व्यक्तिलाई पक्राउ गरेको हो । अलियु ना इड्रिसले सुरुमा राष्ट्रिय संचार माध्यममा अक्टोबरको अन्त्यमा शीर्षक पाए । उक्त समयमा उनी कारो नामको सडकमा बिक्रीको कार्डबोर्डसहित हिँडिरहेको देखिएका थिए । उनले कार्डबोर्डमा ‘दिस म्यान इस फर सेल २००००००० एन’ लेखेका थिए । उक्त समयमा उनले सूचीकारको रुपमा काम गर्दै आएका थिए । पहिलो पटक उनले आफूलाई कादुना नामको शहरमा बिक्री गर्ने प्रयास गरेका थिए । तर, आफू बेचिन सफल भएनन् । पछि पुनः गरिबीको कारण देखाउँदै उनले आफूलाई बिक्रीको प्रयास गरे । उनले आफू बेचिएपछि यसबाट आएको पैसा आफ्ना अभिभावकलाई दिने र बाँकी आफ्नो दैनिक खर्चका लागि राख्ने बताएका छन् ।

‘आफूलाई बिक्री गर्ने निर्णय  गरिबी हो,’ अलियूले बताए । ‘मैले मलाई किन्ने मानिस  पाए भने मेरा अभिभावकलाई १ करोड नारा दिनेछु र ५० लाख नारा सरकारलाई करको रुपमा दिनेछुु । मलाई किन्ने मानिस फेला पार्न सहयोग गर्नेलाई २० लाख नारा दिनेछु । बाँकी दैनन्दिनी खर्चका लागि राख्नेछु ।’

२६ वर्षीय उनले आफूलाई किन्ने केही इच्छुक व्यक्ति फेला पारको बताएका छन् । उनीहरु २ करोड नाराको रकममा मात्रै सहमत नभएको उनले बताए ।

दुःखको कुरा उनी आफ्नो योजना अनुसार अगाडि बढ्न सकेनन् । उनको इच्छा भाइरल भएसँगै उनलाई हिस्बाहको ब्रिगेडले इस्लामको नियम उल्लंघन गरेको आरोप लगाएका छन् ।

‘हो, हामीले उनलाई मंगलबार पक्राउ गरेका छौँ र रातभरी हामीसँगै राखेका छौँ । उनले जे गरे त्यो इस्लाममा प्रतिबन्धित छ । कसैले पनि आपूmले आफूलाई​ बिक्री गर्न पाउँदैनन् । अवस्था जेसुकै होस् यसले कुनै अर्थ राख्दैन,’ हिस्बाहका कमान्डर हरुन इब्न सिनाले बीबीसीलाई बताए

उनको पक्राउप्रति अनलाईनमा आक्रोश व्यक्त भएको छ । धेरै मानिसहरुले उनलाई छोड्नका लागि आग्रह गरेका छन् । इस्लामिक प्रहरीले उनलाई पक्राउ गर्नु अनावश्यक भएको बताइएको छ । यसको सट्टा केही सल्लाह दिनु पर्ने धारणा उनीहरुले राखेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप