मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

सन्धिखर्कमा एकैदिन दुई हजार बढी बालबालिकाले लगाए कोरोनाविरुद्धको खोप

बुधबार, ०७ पुस २०७८, ११ : ३२
बुधबार, ०७ पुस २०७८

सन्धिखर्क नगरपालिकाका दुई हजारभन्दा बढी बालबालिकाले एकैदिन कोभिडविरुद्धको खोप लगाएका छन् । सन्धिखर्क नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख पूर्ण पराजुलीका अनुसार मंगलबार एकैदिन छात्रा एक हजार ७२ र छात्र एक हजार ६० गरी दुई हजार एक सय ३२ जनाले कोरोनाविरुद्धको खोप लगाएका हुन् ।

नगरपालिकाले स्कुल स्कुलमा पुगेर कोभिडविरुद्धको खोप सञ्चालन गरिरहेको छ । खोप अभियानमा विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको पराजुलीले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप