शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

ह्वावेको ग्लोबल फ्ल्यागसिप ‘सीड्स फर द फ्युचर’ सम्पन्न

बुधबार, ०७ पुस २०७८, ११ : २४
बुधबार, ०७ पुस २०७८

ह्वावेले यस वर्षको ‘सीड्स फर दफ्युचर’ ग्लोबल फ्ल्यागसिप कार्यक्रम सम्पन्न गरेको छ । नेपालमा पहिलो पटक आयोजना भएको कार्यक्रममा आईसीटी ब्याकग्राउण्डबाट आएका विद्यार्थी सहभागी थिए । यस कार्यक्रममा ८ विश्वविद्यालय र १३ शैक्षिक संस्थाबाट विद्यार्थीले सहभागिता जनाएका थिए ।

कार्यक्रमका सबै आवश्यकता पूरा गरी उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका माननीय मन्त्री देवेन्द्र पौडेलले प्रमाणपत्र प्रदान गरेका थिए । अक्टोबर ६ र नोभेम्बर ७ बीच ह्वावेले आफ्नो आवेदन पोर्टल seedsnepal.com मा नेपाल भरबाट १३६ आवेदन प्राप्त गरेको थियो ।
 
जुन सबै स्नातक विद्यार्थीहरूको लागि खुला थियो । प्रतिस्पर्धात्मक छनोट प्रक्रियापछि प्रतिष्ठित आईसीटी प्रोफेसरहरू मिलेर बनेको सीड्स फर द फ्युचर समितिले काठमाडौं उपत्यका बाहिरका ४ जनासहित १९ विद्यार्थीलाई छनोट गरेको थियो । र ती विद्यार्थीले अन्तर्राष्ट्रिय साथीहरुसँग ८ दिने अनलाइन तालिममा भाग लिएको कम्पनीले बताएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप