शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

चिसो मौसममा तातो पानीले दुब्लाइन्छ, रक्तसञ्चार पनि चुस्त, यस्ता छन् फाइदै फाइदा

बुधबार, ०७ पुस २०७८, ११ : २०
बुधबार, ०७ पुस २०७८

धेरैजसो मानिस बिहान उठेपछि दिनको सुरुवातक लागि  तातो कफी या चियाँ पिउछन् । कोही बिहान उठेपछि खाली पेटमा पानी पिउन रुचाउँछन् । त्यो पनि सामान्य वा चिसो । आयुुर्वेदका अनुुसार बिहान खाली पेटमा तातो पानी पिउनुको थुप्रै फाइदा छन् । विशेषगरी चिसोमौसममा तातो पानी कयौ समस्याका लागि धेरै नै लाभदायक मानिन्छ ।

जाडोमा कम पानी पिउनाले डिहाइड्रेसन हुने सम्भावना धेरै नै हुन्छ । तर तातो पानी पिउनाले डिहाइड्रेशनका अलावा कयौँ समस्याबाट बच्न सकिन्छ ।

हेल्थ लाइनको एउटा रिपोर्ट अनुसार जाडो मौसममा तातो पानी पिउनुका फाइदा छन् जसले तपाईंलाई विभिन्न समस्यामा मद्दत गर्न सहयोग गर्नेछ ।

के के छन् त तातो पानी पिउनुका फाइदाः

१. राम्रो पाचन प्रणाली

तातो पानी पिउनाले शरीरको मेटाबोलिजम राम्रो हुन्छ । जसले पाचन प्रणालीसँग रहेका कयौँ समस्या समाधान हुन्छ । यसले कब्जियत हटाउन पनि महत्वपूूर्ण भूमिका निर्वाह गर्छ ।

२.दुब्लाउन सहयोगी :

तातो पानीले हाम्रो मेटाबोलिजम प्रणालीलाई बुस्ट गर्छ । शरीरमा रहेको बोसो पगाल्न सहयोग गर्छ । बोसो वास्तविक मोटोपनामा वास्तविक रुपमै जिम्मेवार रहँदै आएको छ । मोटोपना नियन्त्रण गर्नका लागि तातो पानी बढी फाइदाजनक छ ।

३.रक्त सञ्चार राम्रोः

तातो पानीले रक्त नलिकाहरुलाई उत्तेजित गर्छ जसका कारण यो राम्रो हुने गर्छ । जाडोमा हाम्रो रक्त संचार गर्मीको तुलनामा बढी  हुने गर्छ । जाडोमा हाम्रो रक्त नलीहरु बढी खुुम्चिन्छ । तातो पानीले यी ब्लड भेसललाई पैmलाउने काम गर्छ । जसले जाडोमा पनि रक्त सञ्चार राम्रो हुने गर्छ ।

४. दुुखाईमा राहतः

जाडो मौसममा कयौँ मानिसको मांशपेशीमा दुखाई हुने गर्छ । चिसोका कारण पुराना घाउ र जोर्नीमा दुखाईको समस्या हुने गर्छ । गर्मीको तुलनामा चिसोमा महिनावारीको अवधिमा पेटमा पनि बढी दुखाई हुने गर्छ । यस्तोमा तातो पानी पिउनाले राहत मिल्छ ।

५. नाक बन्द हुँदा राहतः

चिसो मौसममा तातो पानीको बाफले नाक र घाँटीलाई आराम प्रदान गर्छ । बाफ लिँदा घाँटीमा जम्मा भएको बफ बाहिर निस्कने गर्छ । सास फेर्न समस्या भइरहेको छ भने पनि तातो पानीको बाफले राहत दिन्छ । चिसो मौसममा तातो पानीले खोकी, रुघा र संक्रमणबाट पनि जोगाउँछ ।

६.तनाव कम गर्छ :

तातो पानी पिउनाले केन्द्रीय स्नायु प्रणालीको क्रियाकलाप राम्रो हुन्छ । जाडोमा तातो पानी पिउनाले तनाव कम हुन्छ र मुड पनि राम्रो हुन्छ । कम पानी पिउनाले मानिसको स्वभाव चिडचिडे हुन्छ । यसमा पनि तातो पानी पिउनुको फाइदै फाइदा छ ।

७. लगलगी काम्ने समस्यामा लाभदायकः

कयौँ मानिसको चिसोका कारण शरीर थर्थरी काम्ने गर्छ ।  यसमा तातो पानी पिउनाले फाइदा पुुग्छ । जाडोमा केही अवधिको अन्तरालमा तातो पानी पिउनु पर्छ । यसले शरीरको तापमान नियन्त्रण गर्न पनि सहयोग गर्छ ।

८. चमकदार छालाका लागि फाइदाजनकः

दैनिक नियमित तातो पानी पिउनाले छाला मुलायम रहन्छ । यसले अनुहारमा रक्त संचारमा पनि सुुधार ल्याउँछ । तातो पानीको बाफले क्लिन्जरको जस्तो काम गर्छ । यसले छालाका प्वाललाई सफा गरेर, चम्किलो बनाउन मद्दत गर्छ ।

९. चिसोमा तातो पानीले नुहाउनका फाइदा पनि छन्ः

तातो पानीले आराम दिन पनि मद्दत गर्छ जसका कारण मज्जाले निद्रा लाग्छ । यसले मांसपेशीमा राहत दिने काम पनि गर्छ । चिसो मौसममा तातो पानी पिउँदा शरीरको तापक्रम पनि बढ्छ । चिसो मौसममा बिहान तातो पानीले नुहाउँदा आनन्द प्राप्त हुन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप