
करियर फेस्ट सम्पन्न

करियर पोइन्ट एजुकेसनको आयोजनामा तेस्रो संस्करणको करियर फेस्ट मंगलबार सम्पन्न भएको छ । राजधानीको राष्ट्रिय सभा गृहमा भएको फेस्टमा २० बढी कलेजले नेपाल मै उच्च शिक्षा हासिल गर्नेबारे विद्यार्थीलाई काउन्सिलीङ गरेको आयोजकले बताएको छ ।
फेस्टको पहिलो सत्रको उद्घाटन नेपाली काँग्रेसका युवा नेता प्रदीप पौडेलले गरे । जसमा टेक्सास, प्रेसिडिन्सियल् लगायतका कलेजका प्रधानाध्यापक पनि थिए। नेता पौडेलले नेपालमै पनि विदेशी विश्वविद्यालयमा पढाइने पाठ्यक्रम समेत संचालन गरेकाले नेपाल मै पढ्नु पर्नेमा जोड दिए।
दोस्रो चरणको कार्यक्रममा नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेलगायतकाे सहभागिता थियो । सो क्रममा बक्ताहरुले आ-आफ्नो विद्यार्थी जीवनका सुख र दुःखका क्षण सुनाउँदै सम्पूर्ण बिद्यार्थीहरुले मिहिनेत गरि नेपाल मै पढेर देशलाई योगदान गर्नुपर्नेमा जोड दिए ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ