पोखरामा लागुऔषधसहित २ जना पक्राउ
पोखरामा लागुऔषधसहित २ जना पक्राउ परेका छन । पोखरा–११ फूलबारी र सिमपानीबाट अवैध लागूऔषध सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको हो । दुई छुट्टाछुट्टै स्थानबाट लागुऔषध सहित एक महिला र एक पुरुष पक्राउ परेको जिल्ला प्रहरी कार्यलय कास्कीका प्रहरी निरीक्षक दीपक केसीले जानकारी दिए ।
उनका अनुसार तनहुँ शुक्लागण्डकी, खैरेनीटार घर भई पोखरा –११ फूलबारी बस्ने ३० वर्षीया श्रीमाया विक भण्डारी १८६ एम्पुल लागुऔषध सहित पक्राउ परेकी छन् । भण्डारीको साथबाट डाइजापाम ६२, फेनेरागन ६२ र आइबुनर्फिन ६२ एम्पुल लागुऔषध बरामद गरेको प्रहरीले जनाएको छ ।
त्यसैगरी पोखरा सिमपानी बस्ने ३७ वर्षीय बिर बहादुर तामाङको साथबाट डाईजापाम १७, फेनेरागन १७ र नुर्फिन १७ एम्पुल बरामद गरेको छ।
पक्राउ परेका मध्ये श्रीमाया बिक भण्डारीलाई जिल्ला अदालत कास्कीबाट ५ दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको छ । त्यसैगरी बिर बहादुर तामाङलाई ७ दिनको म्याद थप थप गरी लागुऔषध सम्बन्धी कसुर अन्तर्गत कारवाही प्रक्रिया अगाडि बढाइएको प्रहरी निरीक्षक केसीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ब्यास नगरपालिकामा पुनः मतगणना गर्न अदालतको आदेश, जोशीले जिते मुद्दा
-
नीति तथा कार्यक्रममा शिक्षा : शिक्षकलाई मासिक तलबसहित के–के विषय समेटिए ?
-
९० दिनभित्र नतिजा निकाल्न त्रिविका प्राध्यापक संगठनहरूकाे माग
-
आजपाको मागबारे सरकारको चासो, भन्सार विभागमा भएको छलफल सकारात्मक
-
प्रहरीमा ६४ जना सईलाई वरिष्ठ सईमा बढुवा गर्न सिफारिस
-
बेइजिङ भ्रमण गर्दै पुटिन