बुधबार, १२ मङ्सिर २०८१
ताजा लोकप्रिय

आजपनि प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दै

बुधबार, ०७ पुस २०७८, ०५ : ००
बुधबार, ०७ पुस २०७८

संघीय संसदको बैठक अघि आज बुधबार पनि प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दैछ । सभामुखको आह्वानमा विहान ११ ३० बजेका लागि बैठक डाकिएको हो । बैठक संघीय संसद भवन नयाँवानेश्वरस्थित शंकर हलमा बस्ने छ । 

प्रतिनिधि सभाको दशौं अधिवेशनको पहिलो दिन मंसिर २८ गते कार्यव्यवस्था परामर्श समितिको बैठक राखिएको थियो । यस्तै पुस ६ गते मंगलबारको बैठक अघि पनि कार्यव्यस्थाकाको बैठक राखिएको थियो । यो अधिवेशन अन्तरगत बुधबार बस्ने तेस्रो बैठक अघि कार्यव्यवस्था परामर्श समितिको बैठक बस्न लागेको हो ।

मंगलबार बसेको कार्यव्यवस्थाको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले संदमा बिपक्षी दलले उठाएको विषय अदालतमा विचाराधिन रहेकोले बैठकमा प्रकृयासंगत ढंगले आफ्ना कुरा राखेर अघि बढ्न आग्रह गरेका थिए । 

संसदबाट निकास ननिस्कने अदातलतमा विचाराधिन  विषयमा धेरै समय खेर जाने भएकोले जनताको सर्बोच्च जनप्रतिनिधि संस्था संसदमा जनसरोकारका विषयमा छलफल गर्ने वातावरण बनाउनुपर्ने उनको धारणा थियो । आफ्ना कुरा राखेपछि सहभागी अन्य सदस्यहरुको कुरा सुन्ने धैर्यता राख्न विपक्षी दलआवद्ध कार्यव्यवस्थाका सदस्यहरुलाई सभामुखले आग्रह समेत गरेका थिए । 

सभामुखको अध्यक्षतामा, कानुनमन्त्री, दलका मुख्य÷प्रमुख सचेतकहरु, सचेतकहरु, दलका प्रतिनिधिहरु, सभामुखद्वारा आमन्त्रीत सदस्यहरु र संसद सचिवालयका महासचिव, प्रतिनिधि सभाका सचिव लगायत सहभागी हुने बैठकमा कार्यसूचिलाई अन्तिम रुप दिने, आगामी बैठकको मिति तय गर्ने लगायतका विषयमा छलफल हुने गर्छ । प्रतिनिधि सभाको बैठक १ बजे बस्दैछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप