शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

बागमती प्रदेशसभा बैठक आज बस्दै

बुधबार, ०७ पुस २०७८, १० : १०
बुधबार, ०७ पुस २०७८

बागमती प्रदेशको प्रदेशसभा बैठक आज बस्दैछ । प्रदेशसभाको नवौँ अधिवेशनको सातौँ बैठक आज दिउँसो १ बजे बस्ने प्रदेशसभा सचिवालयले जनाएको छ । लगातारको सरकार परिवर्तनका कारण गत कात्तिक २२ गते प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेको विश्वासको मतका लागि बैठक बसेको थियो । मुख्यमन्त्रीले विश्वासको मत प्राप्त गरेपछि भने प्रदेशसभा बैठक बस्न सकेको थिएन ।

बागमती प्रदेशसभाको बैठकअघि कार्य परामर्श समितिको बैठक बस्दैछ । संसद् संचालनको लागि आवश्यक छलफल तथा सदनका कार्यसूची तयार पार्न सभामुख सानुकुमार श्रेष्ठले कार्य व्यवस्था परामर्श समितिको बैठक बोलाएका हुन् । बैठक ११ः३० बजे बस्दैछ ।

प्रदेशसभा सचिवालयमा हाल २ वटा विद्येयक छलफल पछि समितिबाट पास भएर अन्तिम रुप दिन मात्र बाँकी छ । प्रदेश पर्यटन सम्बन्धी विद्येयक र प्रदेश उच्च शिक्षा विद्येयक समितिबाट पास भएर अन्तिम रुप दिन सदनमा पेश हुन मात्र बाँकी रहेको प्रदेशसभा सचिवालयका सचिव कृष्णहरि खड्काले जानकारी दिए । त्यस्तै केही प्रदेश ऐन विद्येयक भने छलफलका लागि प्रदेशसभा सचिवालयमा दर्ता भएको र सदनमा पेश हुन मात्र बाँकी रहेको उनले बताए । आजको बैठकको कार्यसूचीबारे कार्यव्यवस्था समितिले निर्णय गर्ने उनले बताए । 

बागमती प्रदेशसभामा पहिलो पटक प्रमुख प्रतिपक्षी दलमा नेकपा एमाले रहेको छ । पार्टी विभाजनपछि स्पष्ट बहुमतमा रहेको एमाले अल्पमतमा परेसँगै सत्ता च्युत बनेको थियो । ५६ सांसद रहेका एमाले अहिले ४३ सांसदमा सिमित छ ।

त्यस्तै ५८ सांसदको समर्थनका साथ सत्ताको नेतृत्व गरीरहेको नेकपा एकीकृत समाजवादी पार्टीका १३ जना, नेकपा माओवादी केन्द्रको २३ जना, नेपाली कांग्रेसको २२ जना, विवेकशील साझाको ३ जना, नेमकिपाको २ जना, राप्रपाको २ जना र जसपाको एक जना सांसद् रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप