ओमिक्रोनले युरोपेली देशको स्वास्थ्य प्रणाली तहसनहस पार्नेछ : डब्लूएचओ
कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनले युरोपेली देशको स्वास्थ्य प्रणाली तहसनहस पार्ने विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले चेतावनी दिएको छ । युरोपमा कोभिडको अर्को बाढी आउदै गरेको भन्दै विश्व स्वास्थ्य संगठनका वरिष्ठ अधिकारी हान्स क्लुगले त्यसका लागि ती देशहरूलाई तयार रहन चेतावनी दिएका हुन् ।
‘अब छिट्टै कोभिडको अर्को आँधी आउँदैछ । केही साताभित्रै ओमिक्रोन सम्पूर्ण देशभर फैलिन्छ , जसका कारण विभिन्न देशको स्वास्थ्य प्रणाली नै अस्तव्यस्त हुनेछ,’ क्लुगले भने । युरोपका विभिन्न देशहरुले लकडाउनदेखि प्रतिबन्धात्मक व्यवस्था लागू गरिरहेको अवस्थामा उनको चेतावनी आएको हो । जर्मनीले क्रिसमसको पूर्वसन्ध्यामा पार्टीमा जान र भिडभाड गर्न रोक लगाएको छ । यसअघि नेदरल्यान्ड्सले तीन साता लामो लकडाउन गरेको थियो ।
पोर्चुगलले आगामी २६ डिसेम्बरसम्मका लागि बार र नाइट क्लब बन्द गर्ने घोषणा गरेको छ । त्यस्तै, स्कटल्यान्ड, वेल्स, उत्तरी आयरल्यान्डले पनि प्रतिबन्धात्मक व्यवस्था घोषणा गरेका छन् । युरोपका अधिकांश देशमा ओमिक्रोन तीव्र फैलिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संविधान संशोधनमा आमाको नामबाट नागरिकता दिने विषय समेटिनुपर्छ : सरोकारवाला
-
क्रियाशील सदस्यता वितरण नरोक्न कांग्रेस केन्द्रीय कार्यालयको आह्वान
-
देशका चार स्थानको तापक्रम माइनसमा, काठमाडौँमा केही बढ्यो
-
१० बजे, १० समाचार : ओली आराममा, रविको सुतिरहेको तस्बिर सामाजिक सञ्जालमा हाल्नेलाई कारबाही गरिने
-
युक्रेन सम्झौताबारे कुरा गर्न ट्रम्पसँग ‘जुनसुकै बेला’ भेट्न तयार छु : पुटिन
-
देशभरि इन्टरनेट र टेलिफोन सेवा विस्तार गर्ने अभियानमा छौँ : मन्त्री गुरुङ