शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

‘नबिल स्मार्टपोस’ सञ्चालन गर्न बैंक र दराज तथा आइमार्कबीच साझेदारी

बुधबार, ०७ पुस २०७८, ०९ : १५
बुधबार, ०७ पुस २०७८

नबिल बैंकले दराज तथा आइमार्कसँग ‘नबिल स्मार्टपोस’को संचालनका लागि त्रिपक्षीय सम्झौता गरेको छ । जुनसुकै बेला, जुनसुकै ठाउँबाट भुक्तानी दिन एवं स्वीकार गर्न सकिने  नबिल स्मार्टपोसमार्फत बैंकले डिजिटल भुक्तानी थप प्रभावकारी बनाउन सम्झौता भएको जनाएको छ ।

सम्झौताअन्तर्गत दराजमार्फत किनमेल गर्ने ग्राहकहरूले अब नबिल स्मार्टपोसभित्र उपलब्ध परिष्कृत स्मार्ट सुविधाहरू मार्फत भुक्तानी गर्न सक्षम हुने बताइएको छ । दराजले चाँडैै नै १०० भन्दा बढी नबिल स्मार्टपोसमार्फत आफ्ना ग्राहकहरूलाई भुक्तानी सुविधा प्रदान गर्ने भएको छ । 

आइमार्कले बैंकलाई ४,००० भन्दा बढी नबिल स्मार्टपोस उपलब्ध गराएको छ, जसले सुरक्षित भुक्तानी समाधानका साथै स्मार्टफोन जस्तै हरेक अनुभवको लाभ प्रदान गर्ने बैंकको दाबी छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप