प्राइम बैंकको १४ औं वार्षिक साधारणसभा : १६.६ प्रतिशत लाभांश पारित

प्राइम कमर्सियल बैंक लिमिटेडको १४ औं वार्षिक साधारणसभाले सेयरधनीलाई १६.६ प्रतिशत लाभांश दिने सञ्चालक समितिको प्रस्ताव पारित गरेको छ । मंगलबार सम्पन्न साधारणसभाले आर्थिक वर्ष २०७७÷७८ को मुनाफाबाट आफ्ना शेयरधनीलाई १६ प्रतिशतका दरले हुने दुई अर्ब ५७ करोड ३२ लाख रुपैयाँ बराबरको बोनस सेयर तथा चुक्ता पूँजीको ०.६३१३ प्रतिशत नगद लाभांश (कर समायोजनार्थ समेत) दिने निर्णय गरेको हो ।
अध्यक्ष राजेन्द्रदास श्रेष्ठको अध्यक्षतामा सम्पन्न साधारणसभाले बैंक सञ्चालक समितिमा सर्वसाधारण समूहबाट गजेन्द्र विष्टलाई निर्विरोध निर्वाचित गरेको छ । बिष्ट यसअघि पनि बैंकका सञ्चालक थिए ।
बैंक अध्यक्ष श्रेष्ठले विगतमा झैं आगामी दिनहरुमा पनि बैकको सेवा र शाखाहरुको सञ्जाल विस्तार गर्दै लगी आफ्ना शेयरधनीहरुलाई यथोचित र समय सापेक्ष प्रतिफलको निरन्तरता दिने प्रतिवद्धता व्यक्त गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हामी सुशासन खै भन्छौँ, सरकार प्रहरी कुटदैछौँ भन्छ : मनिष झा
-
पब्लिक यूथ क्याम्पसको स्ववियु निर्वाचन
-
कांग्रेस केन्द्रीय कार्यालयमा शिक्षकको धर्ना, तस्बिरहरू
-
कोशी प्रदेश : विपक्षी दलको बैठक सुरु
-
ज्ञानेन्द्रको उक्साहटमा संविधानविपरीत कार्यहरू भए, नियन्त्रण गर्नुपर्छ : महेश बर्तौला
-
हेटौँडा अस्पतालमा मुटु रोगसम्बन्धी उपचार सेवा सुरु