एक र्यापरको ‘मेयर’ बन्ने सपना
हालै मैले सामाजिक सञ्जालमार्फत् काठमाडौँ महानगरपालिकाको मेयरमा उठ्ने घोषणा गरे । मैले स्ट्याटस लेखेको थिएँ ‘अब युवाको पालो । हामीले पढे, लेखेको कहिले काम लाग्छ ? हाम्रो काठमाडौँ हामी आफैं बचाउँछौँ ।’ यो स्टाटसले निकै चर्चा पायो । स्याडोज ब्यान्डका लिड भोकलिस्ट स्वप्निल शर्माले त चुनावमा चिताउन आफू झोला बोक्न तयार रहेको भन्दै कमेन्ट गरे । चुनाव आउन ४/५ महिना बाँकी रहँदा मेरो यो स्टाटसलाई धेरैले चर्चामा छाउने खोजेको आरोपसमेत लगाएका छन् ।
किन मेयर ?
म एक र्‍यापरका साथै स्ट्रकचरल इन्जिनियरसमेत हुँ । गीतसंगीत र इन्जिनियरिङको व्यक्ति किन मेयर ? धेरैले प्रश्न गर्छन् । प्रश्न गर्नेले कि मेयरको काम बुझेको छैन, कि सिभिल इन्जिनियरको ।
संगीतको कुरा गर्दा मेरो हिपहप संगीत विधा हो । अमेरिकन र अफ्रिकन समुदायबाट भित्रिएको यो संगीत सधैँ क्रान्ति ल्याउने, विकृति विसंगति, पीडा र उत्पीडनको आवाज सशक्त पार्ने माध्यम हो । सिधै भन्नुपर्दा मानव जातिको दुःख, पीडाको वकालत गर्ने संगीत नै हिपहप हो । रक र लोकमा पनि कहिलेकाहीँ यस्ता विषय उठ्छन् । हिपहपले देश बिगार्नेलाई चिनाउँछ भने देश सपार्नेको जानकारी दिन्छ ।
पैसा तिर्न जाँदा पनि तीन दिन धाउनुपर्ने बाध्यता छ । ससानो कुरोमा हाम्रो कमीकमजोरी छन् । त्यो सबै सुधार्ने भनेको सिभिल इन्जिनियरले नै हो ।
सिभिल इन्जिनियरिङ भने सिभिलाइजेसन अर्थात् एउटा सभ्यता हो । सिभिलाइजेसनभित्र बाटो, घर, पब्लिक हेल्थ, शिक्षादेखि विकासका सबै आवश्यक पूर्वाधार पर्छ । सभ्यता विकास गर्न कसैले सक्छ भने त्यो सिभिल इन्जिनियरले । विकासलगायत समाजका हरेक काम सिभिल इन्जिनियरिङबाटै सुरु हुन्छ । हरेक नगरपालिकाको योजना हेर्नुभयो भने ८० प्रतिशतभन्दा बढी योजना सिभिल इन्जिनियरिङको कर्ममा निर्भर भएका हुन्छन् । तर अहिलेसम्मका मेयरहरूले बुझ्नु भएको पनि छैन । कि विकास कसरी हुन्छ भनेर । सबै पक्षको जानकारी भएको व्यक्ति म किन चुप लाग्ने भनेर मेयरमा उठ्ने घोषणा गरेको हो । मेरो विचारमा जुनै नगरपालिकाको पनि मेयरका लागि उपयुक्त व्यक्ति सिभिल इन्जिनियर नै हो ।
महानगर नै किन ?
पहिलो कुरो म महानगरको स्थानीय बासिन्दा हो । आफू जन्मेको ठाउँबाहेक स्थानीय निर्वाचनमा अन्य स्थानबाट उठ्न पाइँदैन । काठमाडौँ भनेको देशकै प्रतिनिधि शहर हो । काठमाडौँले आगोको झिल्को नबालेसम्म कहीँ केही परिवर्तन हुनेवाला छैन । देशमा जति पनि आन्दोलन भए, ती प्रायः काठमाडौँबाटै सार्थक भएका छन् । त्यही भएर महानगर रोजेको हो ।
अर्को कुरो जनसङ्ख्या, प्रतिनिधित्व र प्रविधि हरेक हिसाबले काठमाडौँ भनेको आधा नेपाल हो । काठमाडौँवासीसँग घर, गाडीलगायत सबै सुविधा छ, तर जनता भने खुसी छैनन् । काठमाडौंवासीलाई खुसी पार्ने विषयमा कसैले सोच्दैन । ‘मेन्टल हेल्थ’को अर्थ पनि हाम्रा अहिलेका नेताहरुलाई थाहा छैन । उनीहरुको विचारमा विकास, शिक्षा र पैसा भए पुग्यो भन्ने छ । उनीहरु शहरका मानिस खुसी छन् भनेर सोच्छन् ।
महानगरको समस्या र चाहना मैले जति गहिरिएर अरूले बुझेका छैनन् । महानगरको ३२ वटै वडामा मेरा समर्थक छन् । म सेकेन्डरी डाटामा धेरै विश्वास गर्दिन । त्यसरी विश्वास गरेको परिणाम हामीले भोगिरहेका छौँ ।
पैसा तिर्न जाँदा पनि तीन दिन धाउनुपर्ने बाध्यता छ । ससानो कुरोमा हाम्रो कमीकमजोरी छन् । त्यो सबै सुधार्ने भनेको सिभिल इन्जिनियरले नै हो । जुनै नगरपालिकाको ८० प्रतिशत योजनाको ट्रम सिभिल इन्जिनियरिङ हो । त्यसपछि आउन कुरो अन्य हुन् । त्यसैले, कसैले सिभिल इन्जिनियर मेयर किन ? भन्छ भने उसले मेयरको काम र सिभिल इन्जिनियरको काम बुझेको रहेनछ भनेर म बुझ्छु ।
कतिपयले राजनीतिका पुराना हस्तिले सफलता पाउन गाह्रो हुने स्थानमा तपाईंलाई सफलता मिल्ला र भन्ने प्रश्न सोधिरहेका छन् । मेरो विचारमा मेयर भनेको काम गर्ने थलो हो, राजनीति गर्ने होइन । त्यहाँ योग्य र कामको जानकारी भएको जानुपर्छ । राजनीतिशास्त्र पढेर आउँदैमा मेयरको कामको मेसो पाउँदैन । म मेयर उठेर जित्छु भन्ने छ ।
महानगरको समस्याबारे जानकार
महानगरको समस्या र चाहना मैले जति गहिरिएर अरूले बुझेका छैनन् । महानगरको ३२ वटै वडामा मेरा समर्थक छन् । म सेकेन्डरी डाटामा धेरै विश्वास गर्दिन । त्यसरी विश्वास गरेको परिणाम हामीले भोगिरहेका छौँ । मसँग घर घरको, व्यक्ति व्यक्तिको डाटा छ । महानगरका ३२ वडामा कति घर छन् र तिनको समस्या के हो ? म पुरै जानकार छु ।
सबैका समस्या समाधानका उपाय पनि मसँग छन् । बाटो, घरदेखि हरेक कुरो मलाई थाहा छ । म ५ वर्षमा मेट्रो रेल कुदाउँछु भनेर गफ दिन्न । किनभने इन्जिनियर हो । त्यसको सम्भावना छ, छैन जानकारी हुन्छ । ६५ जिल्लामा बनेका पुल, बाटोलगायत संरचना निर्माणमा मेरो संलग्नता छ ।
सबै दलपछि लाग्न थाले
मैले मेयरमा उठ्ने घोषणा गरेपछि धेरैले सोधखोज गरेका छन् । कतिले फोन गरेर, कतिले प्रतिनिधि नै पठाएका छन् । हाम्रो पार्टीमा तपाईंजस्तो मानिस चाहिन्छ आउनुस् भनेका छन् ।
वास्तवमा मैले पार्टीलाई शृङ्गार दिन्छु भनेर बोलाएका हुन् । मलाई भने कुनै पार्टीको आवश्यकता छैन । हामीसँग भएका युवा पार्टीभन्दा माथि छन् । युवाको क्षमता कति छ भन्ने कुरो मेरोमार्फत प्रस्तुत हुनेछ । युवा भन्नाले अघिल्लो वर्षको काठमाडौँ महानगरको मेयरको उम्मेदवार रञ्जु दर्शना जस्तो होइन । त्यसबेला उनी त भर्खर प्लस टु पढ्दै थिइन् । उनी योग्य हो, होइन बाहिर आएन । त्यही भएर पराजित हुनुपर्‍यो । हामीसँग भएका युवा सक्षम पनि हो, ‘एक्सप्यारेन्स’ पनि हो र बूढो पनि होइन । त्यसैले त राजनीतिक दलले बोलाएका हुन् ।
स्वतन्त्र उम्मेदवार
काठमाडौँका मानिसमा पार्टीका उम्मेदवार, स्वतन्त्र उम्मेदवार भन्दा पनि यो उम्मेदवार ठिक हो, होइन भन्ने चेतना छ । पहिले उनीहरूसँग म जस्तो युवकको ‘अप्सन’ थिएन । यो पटक उहाँहरूसँग म ‘बेष्ट अप्सन’को रूपमा आएका छु । म भन्दा पनि राम्रो काम गर्न सक्ने, योग्य असल मानिस देखेँ भने म पनि सपोर्ट गर्छु । चाहे त्यो स्वतन्त्र उठोस् वा पार्टीबाट । मलाई उसले मेरो भन्दा राम्रो काम गर्छ भनेर विश्वास भने हुनुपर्‍यो ।
मेरो उम्मेदवारीको कुरो सबै नेपालीको भावना हो । फरक यति मात्र हो मैले आँट गरे, अरूले गरेका छैनन् । कतिपयले तपाईं कुनै पार्टीको होइन, कसरी उठ्न पाउनुहुन्छ ? समेत सोध्छन् । मतदातालाई स्वतन्त्र रूपमा पनि उठ्न पाइन्छ भन्ने पनि थाहा रहेनछ । म स्वतन्त्र उम्मेदवार उठ्छु ।
एक स्टाटसले देशव्यापी लहर
म अश्लीलता, उच्छृंखलता फैलाएर छाडा गीत गाएर हिँड्ने कलाकार पनि होइन । मैले दश वर्ष अगाडिदेखि गीतमार्फत् स्रोतामा चेतना बाँडेको छु । बुबालाई आइफोन भनेर मागेर हैरान गर्ने छोराछोरीले मेरो गीत सुनेर फोन चाहिँदैन, पढ्छु भनेका उदाहरण थुप्रै छन् । मेरो गीत सुनेर मानिस देशको विषयमा सचेत भएका छन् । हिपहप विधालाई मानिसले पहिले गलत तरिकाले बुझेका थिए । मैले आफ्नो गीतसंगीतको माध्यमबाट मानिसलाई चेतना दिएको छु । मैले आजसम्म कसैलाई हेपको छैन, दुःख दिएको छैन । म लुटेर खानुपर्छ भन्नेलाई गाली गर्छु । त्यही भएर मेरो एक स्टासले देशव्यापी लहर चल्यो ।
स्वप्निलले उडाएको होइन
स्वप्निल शर्मालाई म दाइको रूपमा लिन्छु । म उहाँको एकदमै ठुलो फ्यान पनि हो । बच्चादेखि नै उहाँको गीत सुन्दै हुर्किएको हो । उहाँ समाजको विषयमा गीत बनाउने मानिस हो । उहाँले मसँग सल्लाह गरेर झोला बोक्छु भनेर लेख्नु भएको पनि होइन । उहाँले मनमा आएको कुरा लेख्नु भएको हो । उहाँले त्यसरी झोला बोक्छु भनेर लेखिदिनु भनेको हामीमा जिम्मेवारी पनि रहेछ भनेर भन्नु हो । उहाँले समर्थन गर्नु भनेको मैले धेरैको समर्थन पाउनु हो ।
र्‍यापर बालेन शाहसंग रातोपाटीकर्मी कुवेर गिरीको कुराकानीमा आधारित
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
सर्च इञ्जिनपछि ब्राउजर ल्याउने योजनामा ओपनएआई
-
१२ बजे, १२ समाचार : चीनसँग ऋणसम्बन्धी सम्झौता नगर्ने प्रधानमन्त्री ओलीको बाचादेखि ११ महिनापछि बल्ल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिसम्म
-
नेपालगञ्ज भन्सारमा ६ वर्षदेखि छैन स्क्यानर मेसिन, हातैले छामेर मालसामान जाँच
-
सार्वजनिक शिक्षा सुधार्न नेत्रको संघर्ष, सातै प्रदेशमा उभिएर प्रदर्शन गर्ने
-
प्रभु साहको प्रश्न : प्रधानमन्त्रीको चीन भ्रमण देशका लागि हो कि तीर्थयात्रा ?
-
धितोपत्रको अध्यक्षमा व्यावसायिक पृष्ठभूमिका श्रेष्ठको ‘इन्ट्री’