शनिबार, १२ असोज २०८१
ताजा लोकप्रिय

आजको मौसम : चिसो बढ्दै, हिमपातको सम्भावना

बुधबार, ०७ पुस २०७८, ०७ : २३
बुधबार, ०७ पुस २०७८

हाल देशमा पश्चिमी वायुको आंशिक  प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पहाडी भू-भागहरूमा आंशिक बदली रही तराईका थोरै भूभागमा हुस्सु/कुहिरो रहेको छ।  तराईका भू-भागहरूमा बिहानको समयमा हुस्सु/कुहिरो लाग्नुका साथै देशभर चिसो बढ्ने क्रममा रहेको  महाशाखाले जनाएको छ । काठमाडौँको न्यूनतम तापक्रम ३ डिग्री सेल्सियसको आसपास रहेको छ । जुम्लाको न्यूनतम तापक्रम माइनस ५.५ डिग्री तथा जोमसोमको माइनस २ डिग्री सेल्सियससम्म पुगेको छ ।

बुधबार देशको पहाडी भू-भागमा आंशिक बदली रही प्रदेश नं १ को  उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ भने बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ । बिहीबार पनि  देशका पहाडी भू-भागहरूमा  आंशिक बदली रही बाँकी भू-भागमा सामान्यतया मौसम सफा रहनेछ। प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका हिमाली क्षेत्रका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । त्यस्तै शुक्रबार पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा सामान्यतया मौसम सफा रहनेछ। उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप